नुवाकोटमा तेस्रो किस्ता लिने भुकम्पपिडितहरुको संख्या साढे २८ हजार



शालिकराम चालिसे, नुवाकोट ।

नुवाकोटमा घर निर्माण सम्पन्न गरी तेश्रो किस्ताको रकम लिने भुकम्प पीडितहरुको संख्या २८ हजार ८ सय २५ जना मात्र रहेको अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार शाखा नुवाकोटले जनाएको छ ।

सकारबाट तेस्रो किस्ता वापतको रकम पाउनेमा २६ हजार ९ सय ९८ र एनजीओ÷आइएनजीओबाट लिनेको संख्या एक हजार ८ सय २७ रहेको अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार शाखा नुवाकोटका निमित्त आयोजना प्रमुख उशेष श्रेष्ठले बताए । ७४ हजार ४ सय ६ जना लाभग्रहीको संख्या रहेको नुवाकोटमा करिव ३८ प्रतिशित मात्र लाभग्राहीले तेस्रो किस्ताबापतको रकम लिए हुन ।

तेस्रो किस्ता लिनेको संख्या अत्यन्तै न्युन हुनमा नदिजन्य सामाग्रीको अभाव र सर्बोच्च अदालतको अन्तरिम आदेशले नुवाकोटमा क्रसर सञ्चालन नरहनु मुख्य कारण रहेको श्रेष्ठले बताए । नुवााकोटमा ७४ हजार ४ सय ६ लाभग्राही रहेको नुवाकोटमा सर्वेक्षणबाट ६५ हजार ७ सय ७३, गुनासो फछर्याैटबाट ३ हजार ५ सय १६ जनाको पहिचान भएको र पुन सर्वेक्षणबाट ५ हजार ३ सय ३० लाभग्राहीको पहिचान भएको अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार शाखा नुवाकोटले जनाएको छ ।

जसमा पहिलो किस्ता लिनेको संख्या ६६ हजार ९ सय ५६ रहेको छ । जसमा सरकारबाट लिनेको संख्या ६३ हजार ८ सय ३२ र एनजीओ÷ आइएनजीओ लिनेको संख्या ३ हजार १ सय २४ रहेको कार्यलयले जनाएको छ । त्यस्तै दोस्रो किस्ता लिनेको संख्या ६१ हजार २ सय ३ रहेको छ । जसमा सरकारबाट लिनेको संख्या ५८ हजार २ सय ७० र एनजीओ÷आइएनजीओबाट लिनेको संख्या २ हजार ९ सय ३३ रहेको छ ।
नुवाकोटमा भूकम्पबाट आबासमा क्षति पुगेपनि अनुदान रकम नपाएको भन्दै ११ हजार ५ सय ३ लाभग्राहीहरुले दोश्रो पटक गुनासो फारम भरेकोमा ११ हजार ४ सय १६ गुनासो फछ्र्यौट भएको शाखाले जनाएको छ । शाखाका निमित्त आयोजना प्रमुख श्रेष्ठले ९ सय ३६ लाभग्राहीले प्रबलिकरणको लागि निवेदन दिएको बताए जसमा ६१ लाभग्राहीसँग अनुदान सम्झौता भएको र ६३ जनालाई पहिलो किस्ता बापतको रकम बितरण गरी दोश्रो किस्ताको रकम बितरण गर्ने प्रक्रियामा रहेको बताए ।

कार्यलयले अझै पनि लाभग्राही सूचिमा नाम नभएका गैर लाभग्राहीहरुलाई अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार शाखामा निबेदन दिन आग्रह गरेको छ ।

सरकारले गैर लाभग्राहीले पनि अनुदान लिएको भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेपनि नुवाकोटमा भने कुनैपनि लाभग्राहीले अनुदान फिर्ता नगरेको निमित्त प्रमुख श्रेष्ठले बताएका छन । तर नुवाकोटका भुकम्पपिडितहरुले झन्झटिलो प्रक्रियाको कारण अनुदान पाउन समस्या भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्