अपाङ्गता भएकाहरुकोे लागि निःशुल्क स्वास्थ्य शिबिर



अनिल खत्री, गुल्मी ।
गुल्मीको शान्तिपुरमा एक दिने अपाङ्गता भएहरुकोे लागि निशुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेको छ । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र चन्द्रकोट गाउँपालिका गुल्मी,अपाङ्ग वाल अस्पताल बनेपा काब्रे, सक्षम परियोजना गुल्मी, चक्रेश्वर अपाङ्ग समाज शान्पिुर गुल्मीको संयोजनमा चन्द्रकोट गाउँपालिकाको शान्तिपुर सम्पन्न गरेको हो ।

शिबिर अपाङ्ग सहाय सामाग्री बितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिबिरमा ४० जनालाई अपाङ्ग बिरामीहरुलाई स्वास्थ्य परिक्षण गरिएको थियो । गुल्मी जिल्लाका चन्द्रकोट कालिगण्डकी र छिमेकी जिल्ला बाग्लुङ्गको बरेङ्ग गाउँपालिकाबाट अपाङ्गहरु भएका उपस्थिगत रहेको थियो । हुइलचियर प्रयोग कर्ताहरुको लागि गाउँपालिकाको आर्थिक सहयोग लिई केन्द्रले अपाङ्ग मैत्री चर्फि र आगन बनाइदिने भएको छ ।

जिल्लाका बिभिन्न ठाउँबाट आएका पूर्ण अशक्त अपाङ्गहरुको लागि ७ थान हुइलचियर, ५ थान बैशाखी, १ थान वार्कर, ५ जनाको लागि कृतिम हातखुट्ट मापन, ५ जनाको लागि उपचारको लागि अपाङ्ग बनेपा पठाउने गरि शिबिर सम्पन्न भएको आशा अपाङ्ग केन्द्र गुल्मीका शुरेस श्रेष्ठले बताए ।

शिबिर सम्पन्न गर्न बिभिन्न दात्रि निकायहरुबाट सहयोगमा सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ । आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ ।

आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष रायमाझी आफै अपाङ्ग हुन् । उनले उक्त संस्थामा रहेर गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपाङ्गगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जनमा टेवा पु¥याउने काम गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्