जम्मु काश्मिरमा राजनीतिक संकट: विधानसभा भंग



एजेन्सी । सरकार गठन हुन नसकेपछि भारत प्रशासित जम्मु काश्मिरको विधानसभा भंग भएको छ । निर्वाचन भएको ५ महिना पुगी सक्दा समेत सरकार गठनका लागी आवश्यक बहुमत पुर्याउन नसकेको तथा राजनीतिक संकट चुलिएको कारण देखाउंदै जम्भु काश्मिरका राज्यपाल सत्यपाल मलिकले नयाँ सरकार गठन गर्ने प्रयास विफल भएपछि विधानसभा भंग गरेका हुन् ।

बुधबार दिनभर पीडीपी, एनसी, कांग्रेस गठबन्धन र पिपुल्स पार्टीले आ–आफ्नो सरकार बनाउने दाबी गरेका थिए। विधानसभा भंगको सूचना जारी गर्दै राज्यपाल मलिकले कानुनअनुसार विधानसभा भंग गरेको बताए।  गत जुनमा पीडीपी र बीजेपी गठबन्धनको सरकार ढलेपछि नयाँ सरकार बन्ने अपेक्षामा विधानसभा चालु रहेको थियो।

यसलगत्तै जम्मुकाश्मिरका पूर्व मुख्यमन्त्री महबुवा मुफ्तीले आफूले पाँच महिनादेखि विधानसभा भंग गर्न गरेको आग्रह कसैले नसुनेको तर अहिले गठबन्धन बनाउने योजना सुरु गर्दाबित्तिकै भंग गरेको भन्दै आपत्ति जनाइन्। बिजेपीले जम्मुकाश्मिरमा स्थिर प्रशासनको जरुरी भएको बताएको छ।  विधानसभा भंगभएपछि ट्विट गर्दैै विजेपीले प्रशासनमा चरमपन्थीको रोक्नुपर्ने बताएको छ। विधानसभा भंग हुनुपूर्व पीडीपीका २८, कांग्रेसका १२ पिपुल कन्फ्रेन्सका २ र बिजेपीका २५ एमएलए थिए।

प्रतिक्रिया दिनुहोस्