लुकाइछिपाई ल्याएको चाँदी सहित पक्राउ



पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलाबाट भारत बिहार पश्चिम चम्पारण लखौरा टोल बस्ने ३० वर्षीय गुलसन साह कानुलाई १० किलोग्राम चाँदी सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित प्रहरीले बिआर २२ ए डि ३५२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको एयरफिल्टर भित्र लुकाइछिपाई ल्याएको उक्त चाँदी फेला पारी मोटरसाइकलमा सवार कानुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्