विस्फोटमा ५० को मृत्यु



काबुल (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलमा धार्मिक नेताहरुको एक सभामा भएको आत्मघाती विस्फोटमा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिवशको अवसरमा आयोजित मौलानाहरु एक सभामा आत्मघाती हमला भएको हो । उक्त घटनामा कम्तिमा ८३ जना घाइते भएको बताइएको छ । हालैका दिनमा काबुलमा भएको यो सबैभन्दा ठुलो हमला हो । घाइतेहरुको अवस्था गम्भिर रहेकोले हताहतको संख्या बढ्ने आशंका गरिएको छ ।

अहिलेसम्म कुनै पनि समुहले उक्त हमलाको जिम्मेवारी लिएको छैन । तर विगत केही बर्षमा आईएस र तालिबानले यस प्रकारको हमला गर्दै आइरहेका छन् । यसबीच तालिबानले उक्त हमलाका लागि आफु जिम्मेवार नभएको बताउँदै त्यसको निन्दा गरेको छ ।

हालैका दिनहरुमा अफगानिस्तानमा बढ्दो हिँसात्मक आक्रमणमा सयौंले ज्यान गुमाइसकेका छन् ।

आक्रमणको बेला सभा परिसरमा करिब १ हजार मौलवी उपस्थित थिए । ईद मिलाद एन नबी उत्सव मनाउने क्रममा पवित्र कुरानका केही आयत वाचन गरिरहेकै बेला आत्मघाती आक्रमणकारी हलमा प्रवेश गरि सभाकक्षको बीचमा आफुलाई विस्फोट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्