नोभिष बक्सिङ शुरु



काठमाडौं, (नेस)
नेपाल बक्सिङ संघको आयोजनामा प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता बुधवार देखि शुरु भएको छ ।

त्रिपुरेश्वर स्थित कभर्डहलमा भएको यू–१९ को ४९ केजी तौल समूहमा उद्घाटन खेलमा रोल्पा शेखर पुरीले कास्कीका दिपु कार्कीलाई हराए । ४९ केजी तौल समूहमै दाङका सुरज ओलीले अल्फाका सुजल पुन मगरलाई अंकका अधारमा हराए । त्यस्तै ५२ केजी तौल समूहमा नक्शालका बिजेन्द्र प्रताप शाहले अल्फाका भियोजित पुनमगरलाई अंकका आधारमा हराए ।

५२ केजी तौल यानब थुलुङ राईले एलेन बाडगामीलाइ,निर्मल सुबेदीले यमन श्रेष्ठलाई,अमर गुरुङले लक्ष्मण राई,रोहन माल्किले बेदबहादुर ओली र समिर चौधरीले सागर मल्ललाई हराए । युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गरेको प्रतियोगितामा मंसिर ८ सम्म संचालन हुने छ ।

प्रतियोगितामा यु १९ महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० केजीका तौल समुह समाबेश गरिएको छ भने पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ तौलमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा आफ्नो तौलमा विजयी हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । विभिन्न क्लब र जिल्ला संघ गरी प्रतियोगितामा करिब २५ टोली सहभागि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्