अर्जेन्टिनाले मेक्सिकोलाई हरायो



लन्डन, (एजेन्सी)
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जिताउन मौरा इकार्डी र पाउलो डिबायालाले गोल गरेका थिए । घरेलु मैदानमा अर्जेन्टिनाले खेलको दोस्रो मिनेटमै इकार्डीको गोलमार्फत् सुरुवाती अग्रता बनाएको थियो । अर्जेन्टिनाले पहिलो हाफसम्म १–० को अग्रता लिएको थियो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा पनि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि खेल सकिन ३ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी पाउलो डिबायालाले जियोभानी सिमोनको पासलाई गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए । मेक्सिको विरुद्धको मैत्रीपूर्ण खेलमा नियमित कप्तान लियोनेल मेसी भने अनुपस्थित रहेका थिए ।

बुधबार बिहान नै भएका अन्य अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चिलीले होन्डुरसलाई ४–१ ले हराउंदा पेरुले कोस्टारिकालाई २–३ ले तथा पानामालाई इक्वेडरले २–१ पराजित गरे ।

नेयमार घाइते
ब्राजिलले क्यामरुनलाई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा १–० ले हराएको छ । तर सो खेलमा स्टार खेलाडी नेयमारले भने ६ मिनेट मात्रै खेल्न पाए । उनी मांशपेशीको चोटले गर्दा छिटै मैदान बाहिर हुँदा मिल्टन केएनेसमा उपस्थित करिब ३० हजार दर्शक निरास भएको पनि जनाएको थियो । उनको स्थानमा रिचारलीसनले लिएका थिए । उनले नै पहिलो हाफ सकिन लाग्दा गोल गदै ब्राजिललाई जित दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्