राजनीतिमा ‘गियर’ संस्कृतिको प्रवेश



-बालकृष्ण मैनाली
दशैँ, तिहारलगायत २०७५ सालका विभिन्न महत्वपूर्ण चाडहरु बिदा लिएर २०७६ को प्रतीक्षामा रहन पुगेका छन् । प्रत्येक वर्ष आउने चाडपर्व तथा संस्कृतिहरुले विभिन्न सन्देश प्रदान गरेर बिदा हुने गर्दछन् । केही सन्देश सकारात्मक तथा देशको हितको लागि हुने गर्दछन् भने केही आलोचनात्मक सन्देश हुने गर्दछन् । यसपालिको अर्थात् २०७५ सालको महत्वपूर्ण चाड दशैँमा लगाइने टीकासम्बन्धी विषयचाहिँ सर्वाधिक चर्चाको विषय बन्यो । साथै सँगसँगै देशलाई कुन गियरमा हालेर अगाडि बढाउने भन्ने सम्बन्धमा दुई तिहाइ प्राप्त दलका महत्वपूर्ण नेता तथा मन्त्रीहरुबाट जनतामाझ सार्वजनिक हुन थालेको विषय पनि चर्चाको विषय बन्न पुगेको छ ।

विभिन्न कालखण्डमा कठोर संघर्षहरुबाट खारिएका नेताहरु निर्वाचनमार्पmत राष्ट्रको महत्वपूर्ण पदमा आसीन भएपछि कम्तीमा आफ्ना संर्घषका ती दिनहरुलाई सम्झेर संघर्षका बेला अपनाइएका आचरण, अनुशासन पद्धति, चाडपर्वप्रति लक्षित व्यवहार अनि राजारजौटाले अपनाएका ढर्राहरुका विपक्षमा आपूmले दर्शाएका विरोधी भावनाहरुलाई कायमै राखी राजनीतिक परिवर्तनका संवाहककै रुपमा व्यवहारहरु प्रदर्शित हुने अपेक्षा गरिएको थियो । दुर्भाग्य नै मान्नुपर्दछ, जनमतले अपेक्षा गरेभन्दा धेरै नै फरक शैलीमा नेता तथा मन्त्रीहरुको व्यवहार प्रस्तुत हुन पुग्यो, जुन धेरै विषयहरु नचाहँदा नचाहँदै पनि आलोच्यको विषय बन्न पुग्यो । विशेषरुपमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिबाट गरेको टीका ग्रहणको विषय ज्यादै आलोच्यको विषय बन्न पुग्यो ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिबाट टीका ग्रहण गर्दा घुँडा मारेर टीका थापेको प्रसंग देशभित्र मात्र नभई देशबाहिर पनि त्यत्तिकै चर्चाको विषय बन्न पुग्यो । आफैंले सपथ खुवाएको राष्ट्रतिसँग टीका ग्रहण गर्दा घुँडा मारेर टीका थाप्नुपर्ने औचित्य र कारण के हो भन्ने विषयमा छापा सञ्चारदेखि विद्युत्तीय सञ्चार अनि सामाजिक सञ्जालभरि विरोधका भनाइ र समाचार छ्यापछ्याप्ती भए । टीका ग्रहण र त्यससँगसँगै प्राप्त हुने आशिर्वाद भनेको आफूले मान्नुपर्ने मान्यजनबाट प्राप्त गरिने भएकोले टीका थाप्ने व्यक्तिको टाउको सामान्य निहुँरिनु स्वाभाविक मानिन्छ । संविधानअनुसार नियुक्ति प्राप्त देशको राष्ट्रपतिसमक्ष टीका ग्रहण गर्दा जो जुनसुकै पदका भए पनि सामान्य निहुँरिनुलाई अन्यथा मान्नुपर्ने अवस्थाचाहिँ छैन तर जो–कोहीले घुँडा धसेरै टीका थाप्नुपर्ने अवस्था कसरी र किन सिर्जना हुन गयो भन्ने सम्बन्धमा पक्ष–विपक्षमा भङ्गेरे अक्षरहरुमा त्यत्रो समाचार सार्वजनिक हुँदासम्म पनि राष्ट्रपति कार्यालयले केही जवाफ दिन उपयुक्त ठानेन ।

एकातिर हामी दुई तिहाइधारी हौं, हामीलाई कसले छुन सक्छ भन्ने दम्भ प्रदर्शित गर्दै प्रचलित कानुन र संविधानको धाराभन्दा माथि गएर जथाभावी निर्णय गर्ने, अर्कोतिर न्यायपालिकाले न्याय प्रदान गर्ने सवालमा कानुन र संविधानका बुँदाहरुलाई आपूm अनुकूल व्याख्या–विवेचना गर्ने जमर्काेलाई कायम राख्दै गयो भने कालान्तरमा यस्ता किसिमका कार्यहरु देशको समृद्धिको लागि घातक ठहरिनेछन् ।

यसै मेसोमा दुई तिहाइ मत प्राप्त नेता तथा मन्त्रीहरुबाट देशलाई कुन गियरबाट अगाडि बढाउने भन्ने सम्बन्धमा चर्चा–परिचर्चा भएका समाचारहरु सार्वजनिक हुन थालेका छन् । गएको दशैँ, तिहारको चियापान समारोहमा होस् वा सार्वजनिक सभा–समारोहमा होस्, सहभागी भएका दुई तिहाइवाला नेता तथा मन्त्रीहरुले देशको गाडीलाई विभिन्न गियरमा राखी दौडाउँदै विकासको गन्तव्यमा पु¥याइछाडने अठोट र प्रतिबद्धता व्यक्त गरे । र, यो क्रम जारी छ । यससम्बन्धमा गियरको शाब्दिक अर्थको पनि ज्ञान नभएकाहरु आश्चर्य र जिल्ल पर्नु अस्वाभाविक हुँदै होइन ।

जसलाई गियरको शाब्दिक अर्थ र मर्म बुझेका छन् त िखालका जनमतचाहिँ के नेता तथा मन्त्रीहरुले गियर शब्दको प्रयोग गर्दैमा देशले विकासको छलाङ लगाइहाल्छ त भन्नेमा विश्वस्त हुन सकिरहेका छैनन् । आवश्यकताअनुसार देशको गाडी वा हवाईजहाजको पहिलो गियर उठानदेखि लिएर गियर परिवर्तन गर्दे जाने अवस्थासम्म कस्तो–कस्ता पाइलाहरु अगाडि नै चालिहाल्नुपर्छ भन्ने विषयमा विचार–विमर्श गरेर मात्रै यी कुरा सार्वजनिक भैदिएको भए भ्रम नै भए पनि जनमत केही मात्रामा आशावादी हुने ठाउँ हुन्थ्यो । तर त्यो कार्य पूरा नगरी आएको गियर उठान र परिवर्तनको हल्लाले जनमत आकर्षित हुन सकेन । किनभने योभन्दा अगाडि यस्तै किसिमको देशरुपी जेट उडाउने हल्ला सार्वजनिक भएको जनमतले बिर्सिहालेको छैन ।

यहाँनेर दुई तिहाइधारीहरुले नबुझी नहुने कुरा के हो भने, कुनै पनि गियरलाई राम्रो र चिल्लो बनाउँदैमा गियर परिवर्तन गर्ने क्रममा गियर बक्समा रहेका धमिराहरुले अवरोध गरिदिए भने त्यो गियर परिवर्तन हुनै सक्दैन । त्यसले रफ्तार लिनै सक्दैन । कहिलेकाहीँ आक्कलझुक्कलमा गियर परिवर्तन भैहाले पनि गाडी गन्तव्य स्थानमा पुग्न सोचेभन्दा धेरै समय लाग्छ । बाटोमा धोका दिएर हैरान पार्दछ । बीचबाटोमा पुगेर बिग्रेका गाडी बनाउन भन्नासाथ इमानदार मिस्त्रीहरु उपलब्ध हुन गाह्रो हुन्छ । यस अर्थमा कहिलेकाहीँ सहचालकले गियरबारे प्रस्ताव गर्नासाथ चालकले गियर बक्सको अवस्था नहेरी–नबुझीकन गियर परिवर्तन गर्न थाल्यो भने गियर र गियर बक्समात्र बिग्रने होइन कि गाडी नै दुर्घटनामा पर्न सक्छ । दुर्घटनामा परेका कतिपय गाडी मर्मत गर्दा पनि काम लाग्ने हुँदैनन् । यस मामिलामा चालक दलले बढी होसियारी अपनाउनै पर्दछ ।

देशको गाडी चलाउने सवालमा वर्तमान अवस्थामा गाडीको गियर बक्समा तीन किसिमका धमिराले आ–आफ्ना खेल खेलिरहेका छन् । पहिला तिनीहरुलाई सफा नगरी गियर परिवर्तन गर्नु भनेको गाडीलाई दुर्घटनामा पार्नु ठहरिनेछ । ती तीन किसिमका धमिरा भनेका पहिलो भ्रष्टाचाररुपी, दोस्रो असहयोगरुपी र तेस्रो दम्भरुपी धमिरा हुन् । यिनलाई बेलैमा चिनेर औषधि उपचारद्वारा निर्मूल पार्न सकियो भने गियर परिवर्तनको सार्थकता रहनेछ, अन्यथा गियर परिवर्तनको कुनै सार्थकता रहनेछैन ।

देशमा पहिलो नम्बर अर्थात् भ्रष्टाचाररुपी धमिरा यति व्यापकरुपमा पैmलिएको छ कि त्यसलाई निस्तेज बनाउन वर्तमान दुई तिहाइधारी सरकारलाई धौ–धौ परेको छ । यसको ज्वलन्त उदाहरणका रुपमा हालै नवनियुक्त अख्तियार दुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तज्यूबाट यदि नापी र मालपोत कार्यालयमा कारबाही गर्ने हो भने नापी र मालपोत कार्यालयमा कर्मचारी शून्य हुनेछन् भन्ने आएको अभिव्यक्तिले कुन हदसम्म देशमा भ्रष्टाचार मौलाएको छ भन्ने कुरा प्रस्ट थाहा हुन्छ । यस अवस्थामा गियर बक्समा रहेको भ्रष्टाचाररुपी धमिरालाई सफाइ गर्ने क्रममा दुई तिहाइधारी सरकार किञ्चित पनि विचलित बन्नुहुँदैन अर्थात् नापी र मालपोत कार्यालयका कर्मचारीउपर कारबाही गर्दा नापी र मालपोत कार्यालय केही समय र केही दिनका लागि शून्य हुन्छ भने त्यसमा समस्या मान्नुपर्ने कुनै अवस्था र कारणचाहिँ छैन । त्यस्तै परिहाले युवाहरुलाई तालिम प्रदान गरी त्यो स्थानमा परिपूर्ति गर्न सकिन्छ । त्यसको लागि सार्वजनिक सूचना जारी गरी जनमतलाई आह्वान गरेमा थुप्रै जनमतले स्वागत गर्नेछन् । भ्रष्टाचारीलाई कारवाही गर्ने क्रममा दुई तिहाइधारी सरकारले कार्यालय खालि होला कि भनेर सन्देह नगरे हुन्छ ।

दोस्रो असहयोगीरुपी धमिराले पनि गियर परिवर्तनमा बाधा हालिरहेका छन् । यो धमिरा विशेष गरी विभिन्न राजनीतिक दलका कर्मचारी संगठनमार्पmत सक्रिय रहिआएका छन् । तिनीहरुको मुख्य काम भनेको नै एक–अर्कालाई असहयोगीको भूमिकामार्पmत सरकारलाई असफल बनाउने प्रयासमा तल्लीनरत रहनु हो । विगतदेखिको इतिहासले यही कुरालाई प्रमाणित गर्दछ । कम्युनिस्ट सत्तामा भएको अवस्थामा कांग्रेस तथा अन्य दलका कर्मचारी संगठनहरुले सहयोग नगर्ने र कांग्रेस तथा अन्य दलको सत्ता भएको अवस्थामा कम्युनिस्टको कर्मचारी संगठनले सहयोग नगर्ने परिपाटी झाङ्गिएर गएको छ । वर्तमान अवस्थामा पनि यसका छनकहरु देखिएका छन् । जबसम्म यस्ता कार्यहरुले निरन्तरता पाइरहन्छन्, ठीक स्थानमा गियर लाग्दै लाग्दैन । गियर परिवर्तन गर्न खोज्यो, कड्याक्क आवाज आउँछ । कथंकदाचित झुक्किएर गियर लागिहाले पनि गाडी अलिकति गुड्नासाथ झ्याप्पै रोकिइहाल्छ । दुई तिहाइधारी सत्ता सञ्चालकहरुले यो विषयलाई राम्रो मनन गरेर सम्बोधन गर्न सके भने गियर बक्समा अवरोध पु¥याउने धमिरा हट्न सक्छ ।

अनि तेस्रो धमिराको रुपमा देखा परेको दुई तिहाइ प्राप्त हुनासाथ तिनका नेता–मन्त्री मात्र होइन, सामान्य कार्यकर्तामा देखिएको अतिवादी दम्भ, विशेष गरी यो दम्भ स्थानीय निकायहरुमा देखा परिरहेको छ । केन्द्रीय नेतृत्व तहमा पनि यस किसिमका दम्भ बेला–बेलामा देखा पर्ने गरेका छन् । यसलाई बेलैमा नेतृत्ववर्गले आत्मसात् गर्नुपर्ने हुन्छ । दम्भको कारणले गियर बक्समा धमिराहरुले रजाइँ गरेका छन् भन्ने जान्दाजान्दै धमिराहरुलाई नहटाई जथाभावी गियर परिवर्तन गर्दै, गाडी गुडाउँदै लगेमा सो गाडी दुर्घटनामा पर्ने कुरामा कुनै विमति छैन । यसलाई मिल्दो उदाहरणको रुपमा यता केही समयदेखि वर्तमान सरकार र अदालत आ–आफ्ना दम्भरुपी प्रदर्शनमा लागेको जनमतले महसुस गर्न थालेको छ ।

सरकारले गरेका केही महत्वपूर्ण निर्णयहरु अदालतले उल्ट्याइदिने र अदालतले दिएका आदेश–निर्देशनहरु सरकारले पालना नगर्ने अनि आत्मसात् पनि नगर्ने परम्पराको विकास हुँदै गइरहेको छ । एकातिर हामी दुई तिहाइधारी हौं, हामीलाई कसले छुन सक्छ भन्ने दम्भ प्रदर्शित गर्दै प्रचलित कानुन र संविधानको धाराभन्दा माथि गएर जथाभावी निर्णय गर्ने, अर्कोतिर न्यायपालिकाले न्याय प्रदान गर्ने सवालमा कानुन र संविधानका बुँदाहरुलाई आपूm अनुकूल व्याख्या–विवेचना गर्ने जमर्काेलाई कायम राख्दै गयो भने कालान्तरमा यस्ता किसिमका कार्यहरु देशको समृद्धिको लागि घातक ठहरिनेछन् । शक्ति पृथकीकरणको अवधारणा, मूल्य र मान्यतालाई दुवै निकायले आत्मसात् गर्नु आजको आवश्यकता मात्रै होइन, अपरिहार्यतासमेत हो ।

छेपारोले रंग फेरेझैँ सत्ता सञ्चालकहरुले समय–समयमा विभिन्न शब्दावली प्रयोग गरेर जनमतलाई भ्रममा राख्ने प्रयास गर्दै आएका छन् । यो गियर शब्द पनि जनमतलाई भ्रममा नै राख्ने प्रयास गरिएको रुपमा जनमतले बुझेका छन् । आशा गरौं, सत्ताधारीहरुले ल्याएको पछिल्लो शब्द गियरलाई राम्रोसँग परिवर्तन गरी देशलाई समृद्ध गराउने सवालमा पहिला गियर बक्समा रहेका धमिराहरुलाई पाखा लगाई अनि मात्र गियर परिवर्तन गर्ने कार्यमा हात हाल्नेछन् र जनमतको भ्रमलाई झुट्टा साबित गर्नेछन् ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्