घरदैलोमै सामाजीक सुरक्षा भत्ता



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको डिलाशैनि गाउँपालिकाका सबै वडाले गाउँघरमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेका छन् । गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु यतिबेला वडा कार्यालयको टोली सहित सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागी घर – घरमा पुग्ने अभियानमा लागेका वडा नम्बर १ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्त्ता अक्कल रानाले बताउनुभएको छ ।
सामाजीक सुरक्षा भत्ता पाउने वृद्धवृद्धाहरुलाई वडा कार्यालयमा पुग्न समस्या हुने भएकोले घरदैलौमै पुगेर वृद्धवृद्धाहरुलाई सामाजीक सुरक्षा भत्ता वितरण र्गा लागीएको उहाँले बताउनुभयो ।

आफु पनि आजभोली वृद्धवृद्धाहरुलाई भत्ता वितरणको लागी वडाका विभीन्न टोलमा पुगिरहेको उहाँले बताउनुभयो । घरदैलौमै पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दा वृद्धवृद्धाहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्