ट्रम्पको आदेशपत्र माथि न्यायधिशको अँकुस



वासिंगटन,(एजेन्सी)
एकजना अमेरिकी संघिय न्यायधिशले राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिकाको दक्षिणी सिमाना नाघेर आएका आप्रवासीहरुलाई शरण दिन अस्विकार गर्दै जारी गरेको आदेश पत्रमाथि रोक लगाएको छ ।

सानफ्रान्सिस्को स्थित अमेरिकी जिल्ला नाययधिश जोन टियागरले नागरिक अधिकारवादी समुहहरुको गुनासो सुनेपछि उक्त आदेपत्रमाथि अस्थायी रोक लगाउने निर्णय गरेका हुन् ।

ठूलो संख्यामा आप्रवासीहरु अमेरिकी सिमाना तर्फ बढिरहेको जानकारी मिलेपछि यसै महिनाको शुरुमा ट्रम्पले उक्त आदेशपत्रमा हस्ताक्षर गरेका थिए । ट्रम्पले राष्ट्रिय हितको मुद्धा अघिसारे पनि नागरिक अधिकारवादी समुहहरुले विरोध गरेको बुझिएको छ ।

हजारौ संख्यामा मध्य अमेरिकाका आप्रवासीहरु हप्तौं देखि उत्तर दिशाबाट अमेरिका – मेक्सिको सिमानामा बढिरहेका छन् । ति आप्रवासीहरुले आफ्ना मुलुक होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरमा कानुननी कारवाही , गरिबी र हिँसाबाट बच्ने उद्देश्यले भागेर आएको बताएका छन् ।

अमेरिकाको मध्यावधि चुनावको क्रममा ट्रम्पले ति अधिकांश आप्रवासी अपराधि भएके तथा तिनीहरुको आगमनलाई आक्रमणको संज्ञा दिँदै सेनालाई सिमा तर्फ जान आदेश दिएका थिए । साथै ट्रम्पले वारम्वार यस आप्रवासी मुद्धा राजनीतिक पुर्वाग्रहबाट प्रभावित रहेको पनि बताएका थिए ।

न्यायधिश टियागरले ट्रम्पको आदेश माथि अँकुस लगाउँदै वर्तमान अमेरिकी प्रचलित कानुनले अमेरिकामा आइपुग्ने कुनै पनि विदेशी नागरिकले शरणार्थीका लागि आवेदन दिन सक्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्