शिकागोको अस्पतालमा गोली चल्यो



शिकागो,(एजेन्सी)
अमेरिकाको शिकागो स्थित एउटा अस्पतालमा एकजना व्यक्तिले अचानक अन्धाधुन्ध गोली चलाउँदा एकजना महिला डाक्टर , एकजना भर्खरै पढाइ सकाएक फार्मासिस्ट र एक प्रहरी अधिकारीको ज्यान गएको प्रहरी सुत्रले जनाएको छ ।

तामारा ओ निल नामक डाक्टर र अन्य व्यक्तिहरु माथि गोली चलाउनु अघि ति व्यक्ति ओ निलसंग मुखामुख गरिरहेको प्रारम्भिक अनुसनधानबाट खुल्न आएको छ ।

उनको डाक्टरसंग प्रेम समबन्ध रहेको बताइएको छ । नाम नखुलाइएका ति बन्दुकधारीको पनि यस घटनामा ज्यान गएको छ । तर उनी प्रहरीको वा आफ्नै गोलीले मारिएका हुन् भन्ने स्पष्ट भइसकेको छैन । शिकागोका मेयर राह्म इमान्युयलले यस घटनाबाट पूरा शहर नै शोकमा डुबेको र यो खराव मनस्थितीको पराकाष्ठा भएको बताएका छन् ।

स्थानिय समय अनुसार सोमवार अपरान्ह करिव तीनबजे मर्सि हस्पिटलको कार पार्कमा गोली चलेको हो । डाक्टरसंग ति पुरुष झगडा गरिरहेको देखेपछ डाक्टका एकजना साथीले हस्तक्षेप गर्न खोज्नासाथ उनले सर्टभित्र लुकाएर ल्याएको ह्यान्ड गन निकालेको शिकागो प्रहरी उपरिक्षक एडी जोहन्सनले बताएक छन् । गोली लागेर ढलिसकेकी डाक्टरको शरिरमै टेकेर उनले पुन तीन गोली पहार गरेको प्रतक्ष्यदशीहरुले बताएक छन् ।

प्रतिक्रिया दिनुहोस्