व्हेलको पेटमा प्लास्टिक



जाकार्ता,(एजेन्सी)
इन्डोनेसियाको राष्ट्रिय निकुन्जमा समुद«को छालले बगाएर ल्याएका एउटा मृत स्पर्म व्हेलको पेट भित्र छ किलोग्राम वरावरको प्लास्टिक भेटिएको उक्त निकुन्जका अधिकारीहरुले बताएका छन् ।

उनको पेटमा १ सय १५ वटा कप , ४ वटा प्लास्टिकको बोटल , २५ वटा प्लास्टिक को झोला र २ वटा फ्लिप–फलप्स फेला परेको छ । सोमवार राति वाकातोवी राष्ट्रिय निकुन्जको कापोटा टापु नजिक ९ दशमलव ५ मिटर लामो स्तनधारी व्हेलको सिनो फेला परेको थियो । यस घटनाको कारण वातावरणविदहरु चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्