घुसमा आत्मनिर्भर कहिले ?



ऊ बेला बाइसे र चौविसे राज्यमा विभाजन भएको नेपाल र अहिलेको समय तुलना गर्दा आकास पतालझैं फरक हो जस्तो लाग्छ । सबैले यस्तै बुझ्छन् । तर धरहराको बुझाई फरक छ । समय बदलिएर के भो र सरकारी निकायको व्यवहार अनि सामाजिक अभ्यास उस्तै भएसी ।

‘घुस लिन्या र दिन्या दुवै शत्रु हुन्’ भन्ने उक्ति अहिलेको होइन । सो उक्ति कसले कहिले बतायो भन्नेबारेमा पाठकवृन्दलाई घामझैं छलङ छ । तर मुलुक अझै घुसमा आत्मानिर्भर हुन नसकेको देख्दा धरहरा लाजले लरक्कै पर्छ भन्या । वीर अस्पतालमा कार्यरत अधिकारी थरका न्यूरो सर्जन डाक्टरले दिएको राजीनामले यो कुरा दुधको दुध पानीको पानी पार्छ ।

उनले उपप्रधान एवं स्वाथ्यमन्त्री यादवलाई सम्बोधन गर्दै लेखेको राजिनामपत्र खास कारण बताउँछ । हेरौ सो पत्र, पत्र हेरेसी पाठकवृन्दलाई खास कुरो थाहा भै हाल्छ ।

प्रतिक्रिया दिनुहोस्