‘अर्थतन्त्र अपेक्षाकृत सुधार हुन सकेन’



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा स्थापना गरिएको कर परामर्श केन्द्रको राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले शुभारम्भ गर्नुभएको छ ।

केन्द्रबाट देशका सबै ठाउँबाट आएका कर राजस्व सम्बन्धी गुनासाहरूलाई संकलन गरी प्रत्येक हप्ताको शुक्रबार अध्ययन अनुसन्धान गरी किनारा लगाउने र तत्काल निर्णय गर्न नसकिने गुनासाहरूलाई माथिल्लो निकाय समक्ष पु¥याउनेछ । केन्द्रबाट राजस्व प्रशासनलाई बढी व्यवहारिक, प्रभावकारी र जनमैत्री बनाउने सरकारको अभियानमा सहयोग पुग्ने विश्वास महासंघले लिएको छ ।

महासंघले आफँलाई परेका समस्या गुनासो सोही केन्द्रमार्फत समाधानका लागि मद्दत लिन आग्रह समेत गरेको छ ।

परामर्श केन्द्रको समुदघाटन पश्चात महासंघ सचिवालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले सरकार निजी क्षेत्रको साझा चासो भनेकै मुलुकको विकास र जनताको समृद्धिनै रहेकाले निजी क्षेत्रलाई सदैव साथ लिएर कार्य गर्ने विश्वास दिलाउनुभयो ।

‘प्रतिव्यक्ति ९ हजार ९ सयमा ५५ मिनेटसम्म हिमालको दृश्यावलोकन’

अर्थ मन्त्रालयले चालेका सबै प्रयासमा महासंघले पु¥याएको सहयोगको उहाँले प्रशंसा पनि गर्नुभयो । निर्यातमुलक उद्योगलाई बढावा दिई आयात प्रतिस्थापन गर्नु सरकारको मुख्य लक्ष्य भएकाले यो चुनौतीपँर्ण कार्यमा निजी क्षेत्रको साथ बिना सम्भव नहुने भएकाले मुलुकभित्र उद्योग व्यवसायको विकासमा निजी क्षेत्रलाई सक्रियतापँर्वक लाग्न समेत आग्रह गर्नुभयो ।

दोहोरो करका विषयमा हालै गठित एक अधिकार सम्पन्न समितिले मन्त्रिपरिषद् समक्ष सुझाव पेश गरी सकेकाले यस विषयमा छिट्टै निर्णय आउने समेत स्पष्ट पार्नुभयो । साथै उहाँले अर्थ मन्त्रालय करको दायरा बढाउने कार्यमा तीव्रताका साथ लागि परेको पनि बताउनुभयो ।

त्यस्तै महासंघका अध्यक्ष राणाले मुलुकको आर्थिक विकासका लागि सरकारले ल्याउने सबै प्रकारको कार्यक्रममा सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाउनुभयो ।

सरकारको कर प्रशासन सधै व्यवसायमैत्री हुनुपर्ने र कर तिर्ने वातावरण निर्माणमा सदैव चनाखो हुनुपर्नेमा समेत जोड दिनुभयो । अध्यक्ष राणाले मुलुकको अर्थतन्त्र अपेक्षाकृत सुधार हुन नसकेको तर्फ गुनासो गर्दै सरकारले औद्योगिक विकास, आर्थिक विकासका लागि आवश्यक अध्ययन अनुसन्धानमा बढीभन्दा बढी लगानी गर्नुपर्ने समेत सुझाव राख्नुभयो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्र दक्षिण एसियामै बढी कर तिर्नेमा देखिएको भन्दै चालँ आवको पहिलो त्रैमासमा लक्ष्यभन्दा ३३ दशमलव ४ प्रतिशत बढी कर संकलन भएको बताउनुभयो ।

सरकारले उद्योग व्यवसायको विकास र विस्तार नभएको तर्फ पनि सचेत भई के कारणले उद्योग व्यवसाय विस्तार हुन सकिरहेको छैन, लगानी आइरहेको छैन त्यसको सुक्ष्म अध्ययन गरी सोही अनुसार सुधार गर्न आग्रह समेत गर्नुभयो ।

सरकारी निकायहरू बीचनै समन्वय नहुँदा एक निकायले दिएको सुविधा अर्को निकायले नदिने परिस्थितिले उद्योगी व्यवसायी पीडित भएको उहाँले आंैल्याउनुभयो ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले कर तिर्ने वातावरणलाई अभिप्रेरित गर्ने उद्देश्यले कर सप्ताह कार्यक्रम मनाउने प्रथाको शुरुवात गरिएको स्पष्ट पार्नुभयो ।
त्यस्तै महासंघको कर तथा राजस्व समितिका सभापति अशोक कुमार तोदीलगायतले धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्