वित्तीय विवरणले तानेन लगानीकर्तालाई



काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आरोलो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से परिसँचक ८ दशमलव ५४ अंकले घटेर १ हजार १ सय ८१ दशमलव ६६ को बिन्दँमा झरेको छ । बैंक तथा वित्तीय संस्थाले उच्च मुनाफाको सँचक उल्लेख गर्दै वित्तीय विवरण प्रकाशित गरेको भए पनि लगानीकर्ता पुँजी बजारप्रति आकर्षित हुन सकेका छैनन् ।

कुल १ सय ४५ कम्पनीको ५ लाख ६ हजार ६६९ कित्ता शेयर खरिद बिक्री हुँदा मंगलबार १७ करोड ४९ लाख ७९ हजार २४५ रुपियाँको कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस बैंकको मंगलबार २ करोड ३७ लाख ९९ हजार रुपियाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन धेरै कमाउनेमा किसान माइक्रोफाइनान्स र सानिमा इक्विटी फण्डका लगानीकर्ताहरु रहेका छन् । यी कम्पनीको शेयर मँल्यमा ५ प्रतिशतभन्दा माथिले बढेको छ ।

उता धेरै गुमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मँल्यमा करिब १० प्रतिशतले घटेको छ । मंगलबार भएको कारोबारमा न उत्पादक तथा प्रशोधन समँह मात्र बढेका छन् भने अन्य बाँकी समँह घटेका छन् ।

त्यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ परिसँचक पनि १ दशमलव ९६ अंकले घटेर २ सय ५१ दशमलव शँन्य ८ अंकमा पुगेर बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्