निगमको  मासिक घाटा ८२ करोड ८० लाख



काठमाडौं, (नेस)
नेपाल आयल निगमको मासिक घाटा ८२ करोड ८० लाख रुपियाँ पुग्ने भएको छ । निगमले कार्तिक ३० गते पाएको नयाँ मँल्यसँची अनुसार निगमलाई पाक्षिक रुपमा ४१ करोड ४० लाख रुपियाँ खुद घाटा हुने निगमले मंगलबार प्रक्षेपण गरेको छ ।

पेट्रोलमा ४ रुपियाँ ६९ पैसा प्रतिलिटर नाफा रहेको हुँदा १५ दिनमा निगमलाई ९ करोड ३८ लाख रुपियाँ नाफा हुने छ । तर, डिजेलमा प्रतिलिटर १ रुपियाँ ९० पैसा घाटा रहेकार्ले १५ दिनमा १४ करोड २६ लाख रुपियाँ घाटा हुने देखिएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५ सय ७ रुपियँँ १४ पैसा घाटा रहेको छ । यसबाट निगमलाई ६२ करोड ५० लाख रुपियाँ घाटा हुने भट्टराईको भनाइ रहेको छ । हवाई इन्धनमा भने निगमलाई मासिक २६ करोड नाफा रहेको छ ।

निगमलाई साउनदेखि करिब ४ अर्ब रुपियाँ घाटा हुन पुगेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वको बेलामा पेट्रोलियम पदार्थमा मँल्य नबढाउन दिएको निर्देशन दिएपछि निगमले अन्तर्राष्ट्रिय बजारमा मँल्य बढेर को भए पनि निगमले मुल्य समायोजन नगर्दा निगमलाई सो घाटा हुन गएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा ८० देखि ८५ अमेरिकी डलर प्रतिव्यारेल पुगेको कच्चा तेलको मँल्य हाल ओरालो लाग्दै यस हप्ता ७० डलरसम्म झर्न पुगेको छ । अक्टोबरमा अन्तर्राष्ट्रिय बजारमा मँल्य बढेको भए पनि मँल्य समायोजन नगर्दा निगमलाई मासिक २ अर्बसम्म घाटा हुन पुगेको थियो ।

डलरको भाउ उच्च हुँदै जाँदा निगमलाई थप घाटा हुन पुगेको छे । पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमँल्यन हुने क्रम जारी रहँदा निगमको घाटा चुलिँदै गएको हो । यसका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मँल्य वृद्धि हुँदा निगमलाई थप घाटा परेको हो ।

यो आर्थिक वर्षमा मात्र निगमले ३ अर्ब ८२ करोड रुपियँँ गुमाउन पुगेको थियो ।

सिमाना क्षेत्रमा भारतको भन्दा नेपालमा अहिले १६ देखि १७ रुपियाँ प्रतिलिटर इन्धन सस्तो हुँदा भारततर्फ तरस्करीे बढेको निगमको भनाइ छ ।

यसको नियन्त्रण गर्न चुनौती रहेको निगमको भनाइ छ । अत्याधिक इन्धन उत्पादन गर्ने इरान र अमेरिकाको तेल राजनीतिका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मँल्यमा उतार चडाव आएको थियो । यससँगै इन्धनको मात्रा पर्याप्त बजारमा आउन नसक्दा इन्धनको अन्तर्राष्ट्रिय बजारमा मँल्य वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्