हिमालयन बैंकले मोबाइल बैंंकिङ एप ल्यायो



काठमाडौं, (नेस)
हिमालयन बैंकले मोबाइल बैंंकिङ एप (हाई—एम बी) शुरु गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी बैंकका वरिष्ठ महाप्रबन्धक इजाज कादिर गिलले उक्त मोबाइल एप शुभारम्भ भएको घोषण गर्नुभएको हो ।

हेएर इज योर न्यँ बैंंक तथा बिग बैंंक इन स्मल साइज स्लोगनका साथ शुरु गरिएको मोबाइल एपको प्रयोगबाट ग्राहकले आफ्नो खाताबारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफँले उपभोग गरेको ऋणको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिने, हाल हिमालयन बैंकभित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न बिलको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगायतका अन्य थुप्रै सेवा सुविधा प्राप्त गर्न सक्ने छन् ।

मोबाइल एप शुरूवात बोल्दै बैंकका उपमहाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पँर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्ना ग्राहकहरुका लागि थप नवीनतम् प्रविधि उपलब्ध गराउँदै जाने बताउनुभयो ।

हिमालयन बैंकले ५६ वटा शाखा तथा १०८ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

बैंकले असोज मसान्तसम्म १ खर्ब २ अर्ब ४५ करोडबराबरको निक्षेप संकलन गरी ९४ अर्ब २४ करोड बराबरको कर्जा प्रवाह गरेको छ । बैंकले चालँ आवको उक्त अवधिसम्ममा ६४ करोड ९६ लाख बराबरको खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्