गगनचुम्वी भवनको लिफ्ट खस्यो



शिकागो,(एजेन्सी)
अमेरिकी शहर शिकागोमा ९५ तल्लाबाट एक्कासी खसेको लिफ्ट भित्र रहेका मानिसहरुले आफुहरु पक्कै मर्न लागेको सोचेको बताएका छन् । एकजना गर्भवती महिला सहित जम्मा छ जना मानस रहेको सो लिफ्टको डिब्बा शुक्रवार बिहान सवेरै विगतमा जोहन ह्यानकोक सेन्टरको नामले चिनिने गगनचुम्वी भवनको ९५ तल्लाबाट ११ तल्ला तल झरेको थियो ।

उक्त दुर्घटना लगत्तै तिनीहरुले आफ्ना साथीहरुलाई मद्धतका लागि टेक्स्ट मेसैज पठाएका थिए । त्यसपछि बल्ल तीनघन्टा लगाएर तिनीहरुको उद्धार गरिएको थियो । प्रारमिभक अनुसनधानबाट क्याविन समाउने कम्तिमा एउटा तार चुँडिएको विश्वास गरिएको छ ।

सो समुह ९५ औं तल्लामा रहेको एउटा बारबाट निस्केर तल लोबीमा आउन खोज्दै थियो । आफ्नी पत्नी सहित सो लिफ्टमा रहेका पचास वर्षिय जाइम मोनटेमेयरले शुरुमा समान्य ढंगले तल गइरहेको जस्तो लागेपनि एक छिनमा लिफ्ट खसेको बताएका छन् ।

उनले अचानक ‘ क्याट , क्याट , क्याट ’ आवाजु सुनएको र क्याविन भित्र धुलो झर्न थालेको बताएका छन् । मेक्सिकोबाट अमेरिका भ्रमणमा आएका मोन्टेमेयरले सबैजनाले अब मर्ने भइयो भनेर चिच्याउन , रुन र प्रार्थना गर्न थालेको पनि संचारकर्मिहरुलाई बताएका छन् । ’

अग्निनियन्त्रकहरुले कन्क्रिट पर्खाल फोडेर तिनीहरुको उद्धार गरेका थिए । तर तल भुँइ तल्ला सम्म नझरीकन सो लिफ्ट अचानक कसरी रोकिन पुग्यो भन्ने स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्