सिमसारबाट ५ लाखमा गिटी बालुवा बेचिँदै, निकाय बेखवर



उत्तम नेपाल, भद्रपुर
सिमसार र सहिद पार्क वनाउने भन्दैे उत्खनन गरेको सामग्री वाहिर बिक्री वितरण गरिरहेको छ । झापाको भद्रपुर नगरपालिका र हल्दीबारी गाउँपालिकाको सिमानामा रहेको देउनिया खोलाआसपासमा रहेको क्षेत्रबाट स्काभेटर प्रयोग गरी टिपर मार्फत सामग्री निकासी गरिरहेको हो । यो क्षेत्र भेलागढी सामुदायिक वनमा पर्दछ ।

साविक हल्दीबारी गाविस ३ हाल सोही गाउँपालिका २ मा रहेको लगभग ६ विघा क्षेत्रमा फैलिएको जग्गाबाट वन समितिले ५ लाख रुपैयामा सम्झौता गरि गिटी बालुवा लगायतको सामग्री बिक्री गरिरहेको छ । सिमसार क्षेत्रबाट उत्खनन गरिएका सामग्री सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने नियम छ । तर नियमलाइ मिचेर केही टाठा वाठाले रकम लिदै त्यस्तो हर्कत गरिरहेको स्थानीयले आपत्ती जनाएका छन् । स्काभेटर प्रयोग गरेर धमाधम सामग्री निकासी भइरहेपनि सम्बन्धीत निकायको ध्यान नजानु आर्थिक साँठगाँठ हुनसक्ने केही स्थानीयले आरोप लगाएका छन् ।

हालसम्म सो स्थानमा तटवन्धनसहित अनुमानित १७ लाख रुपैया खर्च भइसकेको बुझिएको छ । सिमसारमा खर्च भएको ५ लाख रुपैया हल्दीबारी गाउँपालिकाले नदिएपछि लागेको ऋण तिर्न सामग्री बेच्नु परेको वन उपभोक्ता समितिका अध्यक्ष नारायण प्रसाद लुइटेल बताउँछन् ।

‘नियममा नपाइने हो, तर लागेको खर्च उठाउनलाइ मानविय हिषाबले यस्तो गरेको उले बताए ।’ सामग्री पोखरीको किनारमा फ्याक्दा खर्च बढ्ने तर त्यही वस्तु निकासी गरेमा केही रकम आउने भएकोले समिति र ठेकदारको सहमतिमा उठाएको उनले स्वीकारे । केही तत्वले आफुले खोला कर उठाउन नपाएपछि विवाद निकालेको उनले आरोप लगाए ।

४ लाखमा हुने डिपीआरलाइ गाउँपालिकाले ९ लाख खर्च गरेकोमा आफु अचम्ति परेको उनले सुनाए । सहिद पार्क र सिमसारको डिपीआर तयार भइसकेकोले चालु आर्थिक वर्षमा ३० लाख रकम विनियोजित भएको उनले जानकारी दिए ।

सिमसार क्षेत्रबाट उत्खनन भएको सामग्री वाहिर लैजान नपाइने गाउँपालिका अध्यक्ष रविन्द्र कुमार लिङ्देनले बताए । ‘के भइरहेको छ म तत्काल बुझ्ने छु उनले भने ।’यस विषयमा कुनै जानकारी नआएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे बताउँछन् । सिमसारबाट निकालको सामग्री सोही प्रयोजनमा त्यही लगाउनु पर्ने उनले बताए । यो नियम विपरित कार्य हो उनले भने ।

प्रतिक्रिया दिनुहोस्