सरकारविरुद्ध खनिए देउवा



सरोज यादव, विराटनगर
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले बर्तमान सरकार अधिनायकबादको दिशातर्फ उन्मुख भएको आरोप लगाएका छन । उनले न्यायालयमा हस्तक्षेप गरेको र अबका दिनमा प्रहरी,सेनामा समेत हस्तक्षेप गर्ने सरकारको योजना रहेको दाबी गरे ।

नेपाली कांग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनिति प्रस्ताव मस्यौदा सुझाव संकलन कार्यक्रमको मंगलबार विराटनगरमा उद्घाटन गदै सभापति देउवाले कम्यूनिष्टहरुको सरकार अधिनायकबादको दिशातर्फ उन्मुख भएकाले त्यस बिरुद्ध नेपाली कांग्रेस डटेर लडने समय आएको उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने– ‘कम्युनिष्टहरुको बर्तमान सरकार अधिनायकबादतर्फ उन्मुख भएको छ, देशलाई अधिनायकबादको चंगुलबाट मुतm गर्न शशतm प्रतिकार गर्नु छ,त्यसको नेतृत्व अब नेपाली कांग्रेसले गर्नेछ’। सभापति देउवाले कम्युनिष्टको सरकारबाट देशलाई मुतm गर्न नेपाली कांग्रेस एक जुट हुन आवश्यक रहेको पनि बताए ।

उनले सरकारले निर्मला पन्तको बलात्कार पछि हत्याका दोषीलाई सरकारले नै लुकाउन चाहेकाले निर्मलाको दोषीलाई सरकारले कार्वाही गर्न नचाहेको बताए ।

देउवाले पार्टी भित्र सबैलाई अनुशासित बनाउन अन्तघात गर्नेलाई कार्वाही गर्नु पर्ने बताए । उनले भने अनिमात्र पार्टी अन्तघातमुतm भएपछि मजबुद बन्न सक्छ ’। उनले विगतको कमजोरीबाट पाठ सिक्दै अन्तरघातबाट पार्टीलाई मुतm बनाउनु पर्नेमा जोड दिए । उनले पार्टी भित्रको अन्तरघातका कारण गएको चुनावमा पार्टी पराजित भएको बताए ।

कार्यक्रममा नेता डा. शेखर कोइरालाले बर्तमान सरकारलाई आफुहरुले जे गरेपनि हुने भन्ने दम्व पलाएको बताए । नेता कोइरालाले प्रधानमन्त्रीमा शतिmको भोको पलाएकाले सबै शतिm अहिले आफुमा निहित गर्ने कुरामा प्रधानमन्त्री ओली अग्रसर बनेको बताए । उनले बर्तमान सरकार शतिm सन्तुलन खल्बलाएर मुलुकलाई अद्योगतिको मार्गमा अघि बढाउने प्रयासमा लागेको आरोप समेत लगाए ।

केन्द्रीय सदस्य नारायण खड्काले नेपाली कांग्रेस पार्टी चुकेको बिषयमा एक अर्कालाई दोषारोपण गर्ने भन्दापनि पार्टी भित्र व्यापक छलफल चलाएर सावधान खोजिर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्