शौका समुदायको कुञ्चा सर्न सुरु, भारतीय बाटो प्रयोग गर्न बाध्य



दार्चुलामा बसोबास गर्दै आएका आदिवाशी जनजाती शौका समुदायको कुञ्चा सर्न सुरु भएको छ । ब्यास गाविसबाट खलंगामा यहाका शौका समुदाय प्रत्येक वर्ष बसाई सर्ने गर्छन् । उक्त समुदायको परम्मरागत रुपमा बसाईसराई सर्नुलाई कुञ्चा सर्ने भनिन्छ ।

सदरमुकामबाट २८ कोष उत्तरमा पर्ने हिमाली ब्याँस गाउँपालिकाको तिंकर गाउँका स्थानीय शौकाहरु आफ्नो बालबच्चा र गाईबस्तु सहित सदरमुकाम खलंगा सर्ने गर्छन् । तिंकर गाउँबाट खलंगा पुग्न चौपाया सहित ५÷६ दिनको पैदल यात्रा गर्नुपर्ने तिंकरका स्थानीय दानसिह तिंकरीले बताए । नेपाततर्फ बाटोघाटो नहुदा भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको उनको गुनासो छ । नेपालतर्पm पैदल बाटो समेत नभएकाले शौका समुदायले भारतीय मार्गको प्रयोग गरी बसाई सर्न बाध्य छन् ।

‘भारतको बाटोबाट कुञ्चा सार्न धेरै समस्या छ’ उनले भने, ‘गाईबस्तुको क्वारेनटाईन चेक गर्नुपर्छ, ठाउ–ठाउमा भारतीय सुरक्षाकर्मीको दुरव्यवहार खेप्नुपर्छ ।’ उनले भने, ‘नेपालतर्फ बाटो भईदिए सहज रुपमा आउन सकिने तिंकरीको भनाई छ । तिंकरबाट ५ दिन अघि हिडेको कुञ्चा सोमबार वेलुकी खलंगा पुगेको तिंकरीले बताए । तिंकर गाउँमा ४०–५० सौका समुदायका परिवारको बसोबास रहेको छ । ब्याँस गाउँपालिका–१ तिंकरको उच्च भेगहरुमा गत असोजमै हिउ पर्न सुरु भए पछि अत्याधिक चिसो बढे संगै सौका समुदाय खलंगा बसाई सराई गर्न थालेका हुन् ।

वर्षमा एक मात्रै खेती हुने ब्याँसका स्थानीय उवा र नप्पल लगायतका अन्नबाली लगाउछन् । वैशाखको तेस्रो तथा चौथो साता लगाएको अन्नबाली भित्र्याएर सौका समुदाय सदरमुकाम बसाई सर्ने गर्दछन् । तिंकर गाउ“का स्थानीय शौका वैशाखको पहिलो र दोस्रो हप्ताबाट खलंगाबाट तिंकर बसाई सर्न सुरु गर्दछन् । सौका समुदाय ६ महिना तिंकर तथा ६ महिना खलंगा बस्ने गर्दछन् । ब्याँस गाउँपालिकाो छाङ्गरु गाउँबाट समेत सौका समुदाय खलंगाका लागी हिडेको उनले बताए ।

नेपालको दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायको ब्याँसको छाङरु गाउ“मा १ सय २० तथा तिंकरमा ५० गरी करिब १ सय ७० परिवारको बसोबास रहेको ब्यासी शौका समाजले जनाएको छ । आफ्नो मौलिकता, ऐतिहासिक र सांस्कृतिक पहिचान भएका आदिवासी जनजाती ब्यांसी शौका दार्चुलाको साविकका गाविस ब्यास, राप्ला र सितोलामा आदिमकाल देखी बसोवास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्