राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो



काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन् । अक्ष्यक्ष मण्डलको संयोकमा महन्थ ठाकुरको सट्टा महतोलाई संयोजक चयन गरेको हो । उनको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरिएको छ ।

मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको छ र त्यसपछि भएका सबै मनोनयन रद्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्