एक क्वीन्टल बढी केराउ बरामद



कृष्णउदास खनाल, वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरको अलौबाट एक क्विन्टल २० किलो केराउ बरामद गरेको छ ।
प्रहरीले भारततर्पm लैजाँदै गरेको अवस्थामा दुईवटा ट्याक्टरमा लोड भएको १२० क्विन्टल केराउ बरामद गरेको हो । ना.२ त. ७९१६ र २५८७ नं.को ट्याक्टरमा लोड गरिएको ५० किलो तौलको २४० बोरा १ सय २० किलो केराउसहित ट्याक्टर चालक दुईजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका ट्याक्टर चालकमा बहुदरमाई नपा–७ निवासी २० वर्षीय रामविनय राम र पकाहामैनपुर गापा–१ बस्ने राजेश महतो रहेका छन् । केराउ, ट्याक्टर र चालकलाई आवश्यक कारबाईको लागि वीरगन्ज भन्सार पठाइएको जिप्रका, पर्साले बताएको छ । प्रहरीले अलौबाट केराउ बरामद भएको बताए पनि व्यापारीहरूले भने गण्डक बहुअरी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको छ । तेस्रो मुलुकबाट आयात भएको केराउ चोर बाटो भारत पठाउने क्रम अहिले बढेको छ ।

बिशेगारी सीमावर्ती पर्सा, बारा, रौतहटबाट केराउको तस्करी बढेको छ । यस अघि प्रहरीले रौतहटबाट पनि ठूलो परिमाणमा केराउ बरामद गरेको थियो । बरामद केराउको नेपालमा खपत कम छ । व्यापारीले भारतमा महँगो भएको कारण तेस्रो मुलुकबाट आयात गरेर भारत पु¥याउँने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्