बालविवाह न्युनिकरणमा लागेकी प्रशंसाको प्रसनिय कार्य



धनवीर दाहाल, रुकुम ।
बिभिन्न सभा समारोह गरेर अन्र्तराष्ट्रिय वालअधिकार दिवस मुलुकभर मनाइरहेको बेला रुकुमका ग्रामिण भेगमा भने व्याप्त अवस्थामा रहेको वालविवाह न्युनिकरणका लागि कसैको चासो गएको छैन । वालविवाह न्युनिकरणका लागी भन्दै सरकारी तथा गैरसरकारी स्तरबाट सामान्य कोठे कार्यक्रम त हुँदै आएका छन् तर सार्थकता पाउने गरी कुनै काम भएको पाइदैन ।

तर रुकुम पश्चिमकी एक किशोरी बिगत दुई बर्षदेखी वालविवाह न्युनिकरणमा एक्लै लागीरहेकी छन् । वालविवाह न्युनिकरणको नाममा बिभिन्न गैरसरकारी संस्थाहरुले रकम भित्र्याउने तर त्यो रकमले सार्थक परिणाम नदिइरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका ३ माछ्कीकी १७ बर्षिया प्रसंशा के.सीले हरेक बिद्यालय तथा आमा समुहसँग पुगेर वालविवाह अन्त्य गर्ने अभियान चलाएकी छन् ।

 

उनले चलाएको सो अभियानमा न कुनै आर्थिक सहयोग गर्ने एनजिओ छ नत कुनै सरकारी निकायको बजेट । उनले साथ पाएकी छन् त आफ्नो परिवारको मात्र । सानै उमेरमा विवाह गर्नाले हुने नकारामत्क परिणामबारे उनले बिद्यालयहरुमा बिद्यार्थीलाई सिकाइरहेकी छन् । सानै उमेरमा विवाह गर्ने परम्पराले आफुले ७ बर्षको उमेर देखी पिरोलेको र सोही छाप बसेको कारण अहिले सो प्रथा हटाउने अभियानमा लागेको उनले बताइन् । बिज्ञान बिषयबाट कक्षा १२ उतिर्ण गरेकी उनी दुई बर्षदेखी पढाईलाई रोकेर यो अभियानमा लागेकी छन् ।

१९ बर्ष मुनिका किशोर किशोरी जसले समाजमा उत्कृष्ट काम गर्छ उसलाई प्रदान गर्ने अवार्ड ग्लोकल टिन हिरोमा प्रथम भएकी प्रसंशाले रुकुममा रहेको वालविवाह अन्त्य भएरै छाड्ने दावी गरिन । राम्रो कामका लागी बजेट खर्च गरेरै होइन समाजलाई सकारामत्क सन्देश दिएर परिणाम आउने उनको दावी छ ।

 

हरेक समुदायमा पुगेर उनले हटाउनु पर्छ गलत रिति रिवाज , हामी बनाउँछौ सभ्य समाज भन्दै आफ्नो समाजको कुरिति हटाउन समाज आफ्नै जुट्नुपर्नेमा जोड दिएकी छन् । प्रसंशाका बुवा देवबहादुरले छोरीको अभियानमा पुरै सहयोग रहने बताए ।

समाज बदल्नका लागी छोरीले थालेको अभियान आफु मात्र होइन सिंगो जिल्लाले गर्भ गर्न लायक भएको देवबहादुरको भनाई छ । एक १७ बर्षिया किशोरी प्रसंशाले थालेको वालविवाह अन्त्यको अभियान जिल्लाका सरोकारवालाका हकमा चुनौतीको बिषय हो । समाज परिपर्तनको लागी भन्दै लाखौं बटेट खर्च गर्ने तर रिजल्ट राम्रो नल्याउनेका लागी प्रसंशाले गरेको प्रशंसनिय कामलाई अंगीकार गरी वालअधिकारको क्षेत्रमा काम गर्नेहरुले पनि उनको अभियानलाई साथ दिँदा राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्