नेपाल पत्रकार महासंघ सल्यानको स्थापना दिवसमा अक्षय कोष स्थापना



सरिता चलाउने, सल्यान ।
नेपाल पत्रकार महासंघ सल्यानले २४ औ स्थापना दिवसको अबसरमा अक्षय कोष स्थापना गरिएको छ । २०५२ साल मशिंर ४ गते पत्रकार महासघ जिल्ला शाखा गठन भएकोले मगंलबार स्थापना दिवसको अबसरमा बिभिन्न कार्यक्रम गरी मनाउनुका साथै सोही अबसरमा बिभिन्न ब्यक्तिहरुले अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोष स्थापनमा शारदा नगरपालीका वडा नम्बर २ घर भएका शारदा नगरपालीका सल्यानका प्रमुख समेत रहनु भएका नगरप्रमुख शुरेस अधिकारी र उहाँकी श्रीमती कल्पना आर्चायले स्वर्गीय छोरी अजिता अधिकारीको नाममा अजिता स्मृति पत्रकारीता पुरुस्कार स्वरुप ५० हजार अक्षयकोषमा जम्मा गर्नुभएको छ ।

यस्तै सस्थापक सयोंजक हरीशरन आर्चायले सस्थापक पत्रकारीता पुरुस्कारका लागी ५० हजार ५१ रुपैया अक्षयकोष स्थापना गर्नुभएको छ । यसैबिच नेपालपत्रकार महासंघ जिल्ला शाखा सल्यानमा स्थापीत शालीकराम शर्मा स्मृति पत्रकारीता पुरुस्कारमा रेडियो शारदा एफएम सल्यानले १० हजार अक्षयकोषमा जम्मा गरेको नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष प्रतिक ईच्छुक शर्माले बताउनु भएको छ ।

उहाँका अनुसार दिबसकै अबसरमा जिल्ला अस्पताल सल्यानमा सबै भन्दा बढि रक्तदान गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको बताउनु भएको छ । जिल्लामै अहिले सम्म अस्पतालमा सबै भन्दा बढि रक्तदान गर्ने पत्रकार तथा रेडियो तहल्का एफएमका डिल्लीराज रावत र युबा नेता हिमाल यात्रीलाई सम्मान गरिएको छ ।

महासंघले स्थापना दिबसकै अबसरमा बिभिन्न ब्यक्ति तथा महासघ जिल्ला शाखा स्थापनाका तदर्थ समितीका पदाधीकारि र पूर्व अध्यक्षहरुलाइ सम्मान पनि गरिएको उहाँले बताउनु भयो । सस्थापक सयाेंजक हरीशरण आर्चाय, पूर्ब अध्यक्ष रमेश कुमार गौतम, निर्बतमान काबा अध्यक्ष सनत कुमार शर्मा र सस्थापक सल्लाहकार प्रकाश ज्वालालाई कदर पत्र सहित सम्मान गरिएको छ । साथै पूर्ब अध्यक्षहरु स्वर्गीय शालीकराम शर्मा, उत्तम हमाललाई मरोन्तपरान्त कदर पत्रले सम्मान गरिएको अध्यक्ष शर्माले बताउनु भयो ।

पत्रकारहरुको भुमिको महत्वपुर्ण छः मन्त्री बस्नेत
कायक्रममा बोल्दै सल्यान प्रतिनिधी सभाका सांसद टेक बहादुर बस्नेतले पत्रकारहरुले जुन खालको भुमिका खेलेका छन यस्को महत्व धेरै रहेको बताउनु भएको छ । संबिधानको मर्म र भाबनामा अहिले जनप्रतिनीधि र नागरीकहरुलाई जवाफदेही बनाउनमा पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।

पुर्ब सामान्य प्रशासन मन्त्री समेत रहनु भएका बस्नेतले सबिंधान ल्याउनको लागी जनताको रगत र पसिना बगेकाले यो महत्व बोझ बनाउनको लागी पनि पत्रकारको भुमिका माथिल्लो स्तरमा उठेको बताउनु भयो । उहाँले भन्नु भयो, पानीको गुण नै परिबर्तन भएर पानीले बाफ लिन्छ,त्यसरी नै पत्रकारहरुले पनि पनि नेतृत्व गर्नुपर्दछ, बिकट ठाउँमा पुगेर पनि खोज अनुसन्धान बाट अघि बढन जरुरी छ, परम्परा बाट अझै माथि उठन नसकेकाले अबका दिनमा नागरीकहरु सँग प्रत्यक्ष जोडिएर दबिएका आवाज बाही ल्याउनमा पत्रकारहरुको भुमिका रहने बताउनु भयो । अहिलेका जनप्रतिनिधिहरु अझै केहि पुरानै प्रवृतीमा भएकाले नयाँ व्यवस्थामा ल्याउन पत्रकारले भुमीका खेल्नुपर्ने बस्नेतले बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जनताका दबिएका आवाजहरुलाई बाहीर ल्याउनको निम्ती पत्रकारहरु अग्रसर हुनुपर्ने बताउनु भयो । पत्रकारको योगदानले नै नागरीहरुको क्षेमता अभिबृद्धि हुने भएकाले आफ्नो भुमिका नबिर्सन आग्रह गर्नुभयो । सत्य र निष्पक्ष तरिकाले पत्रकारले समाचार सम्प्रेशन भन्दै उहाँले आवाज नहुनेको आवाज बन्नुपर्ने बताउनु भयो् । उहाँले भन्नु भयो( “पत्रकार सबैको साझा बन्नुहोस्, पक्ष विपक्षमा नरहेर आफ्नो कर्तव्यको पनि पालना गर्नुहोस् ।”

पत्रकार महासंघका उपाध्यक्ष भरत बस्नेतको स्वागत मन्तब्य रहेको कार्यक्रममा शारदा नगरपालीका वडा नम्बर २ का वडा अध्यक्ष केशबसिङ श्रेष्ठ, जिल्ला हुलाक कार्यलय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारी, पूर्ब अध्यक्ष रमेश कुमार गौतम, पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाही लगायतले महासंघको स्थापना दिबसको अबसरमा शुभकाना ब्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममको सन्चालन सहसचिब शिब डागीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्