धार्मिक स्थल बडिकेदार मेलामा भक्तजनको घुईचो



विमल बिष्ट, डोटी ।
डोटी जिल्लाको बडीकेदार गाउपालिकामा पर्ने बडिकेदार अर्थात ठुला केदारमेलामा भक्तजनहरुको घुईचो लागेको छ । धार्मिक, पर्यटकिय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त मेला भर्नका लागि देश बिदेशका बिभिन्न ठाउहरु बाट आएका भक्तजनहरुको निकै घुईचो लागि रहेको स्थानियबासीहरु बताउछन् । बोगटान तथा बडिकेदार गाउँपालिकाको संगम स्थलका रुपमा रहेको प्रसिद्ध शक्ति पिठ बडिकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेला लाग्ने गर्दछ ।

यस बर्ष यहि मंसिर ५ गते त्रियोदशीको राती र चतुर्दशीको बिहान अर्थात ६ गते बिहान पूजा आजा तथा मेला लाग्ने मेला ब्यवस्थापन समितिले जनाएको छ । मेला भर्नको लागि डोटी,अछाम,बाजुरा,बझांङ,डडेल्धुरा,कैलाली,कञ्चनपुर तथा छिमेकी मुलुक भारतका बिभिन्न ठाउहरु बाट आउने दर्शनार्थी तथा श्रद्धालु भक्तजनहरुको अहिले ठुलाकेदारमा घुईचो लागेको स्थानियबासी रोज कलेलले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘ठुलाकेदार मेलामा मागेको बर मिल्ने भएकाले भक्तजनको घुईचो लाग्ने गरेको हो ।’ ठुलाकेदार डोटीको दक्षिणी क्षेत्रमा पर्ने बडिकेदार गाउँपालिकाको मान्नाकापडी, लानाकेदारेश्वर तथा बोगटान गाउँपालिकाको सिमचौर, चवराचौतारा, धिर्कामाण्डौ र सातफरीको बिचमा अवस्थित छ । बडिकेदारलाई शिबको अवतारका रुपमा मानिन्छ ।

 

भक्तजनहरुले जे सोचेर बडिकेदारको पूजाआजा ग¥यो त्यो पूरा अर्थात मनोकांक्षा पुरा हुने धार्मिक बिश्वास रहि आएको स्थानियबुढापाकाहरु बताउछन् । उक्त मेलामा थारु समुदायको समेत उल्लेख्य सहभागिता रहने गर्दछ । बडिकेदार मेला ब्यवस्थापन समितिका संयोजक टोपबहादुर चन्दले प्रायजसो सन्तान प्राप्त नभएका अधिकाँश महिला पुरुषहरु पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गरेको बताउनु भयो । उहाँले भन्नु भयो ‘मेलामा आउने अधिकांसहरुले सन्तान पाउ भन्ने बर माग्ने गरेको र अर्को बर्ष सन्तान नै बोकेर आउने गर्छैन ।’ बडिकेदारमा अन्य मन्दिर जस्तो मन्दिरहरु निर्माण भएका छैनन ।

त्यहाँ ढुँङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा बिकट अर्थात भिरको बीचमा रहेको छ । बडिकेदारमा शुल्क त्रियोदशीको राति मेला लागेर बैकुण्ठ चतुर्दशीको बिहान पूजाआजा सहित जात्रा सकिने मेला ब्यवस्थापन समितिले जनाएको छ । पछिल्लो समयमा बडिकेदारमा केहि भौतिक संरचना निर्माण भएका र सडक सन्जालले पनि नजिक बनाएका कारण बडिकेदारको महत्व र जनमानसमा आस्था बढ्दै गएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनु भयो ।

कसरी पुग्ने बडिकेदार ?
अहिले दिपायल देखि चवराचौतारा , सिमचौर सम्म जिप सेवा संचालित छ । त्यहाँबाट करिब ४, ५ घण्टा पैदल हिडेर पुग्न सकिन्छ । त्यस्तै धनगढीबाट जान चाहनेहरुका लागि सहजपुर, बिपि नगर बर्छैन हुदै लानाकेदारको अत्तरकाँडा सम्म बस सेवा संचालित छ । धनगढी र अत्तरियाबाट दैनिक ४ वटा बसहरु अत्तरकाँडा सम्म छुट्ने गर्दछन ।

अत्तरकाँडाबाट करिब ३ घण्टा पैदल हिडेर बडिकेदार पुग्न सकिन्छ । अन्य देवी देवताको मन्दिरमा भन्दा बडीकेदार बिभिन्न जातजाती भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै गएको छ । यहि केदारको नाम बाट अहिले त्याँ बडीकेदार गाउपालिका समेत राखिएको छ । पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तिर्थालु भक्तजनहरु आउन थालेका छन । यसले अपासी सद्भाव पनि बढाएको अर्का स्थानिय गणेश बलमे बताउनु भयो । उहाँले भन्नु भयो ‘छिमेकी मुलुक भारतका मान्छे सहित नेपाली दाजु भाई संग पनि भेट घाट हुने भएकाले यो मेला आपसी माया ममता साट्ने केन्द्र भएको छ ।’

यो स्थानमा भौतिक पूर्बाधारहरु, सडकको स्तरोन्नती भएमा स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई बडिकेदार भित्र्याउन सकिने बडिकेदारका मुख्य भणारी हर्कबहादुर बोहरा बताउनुहुन्छ । पछिल्लो समयमा बिभिन्न संचारमाध्यमले महत्वका साथ प्रचार प्रसार तथा स्थानीय निकाय, निर्बाचित साँसद प्रेमबहादुर आलेमगरको पहलमा केहि भौतिक पूर्बाधारहरु निर्माण भएकाले पछिल्लो समय भक्तजनहरुको संख्या उल्लेख्य रुपमा बढेको बडिकेदार गाउँपालिका ५ का अध्यक्ष बुद्धिसागर बिनाडीले बताउनु भयो । बडिकेदारको बिकासको लागि गुरु योजना बनाएर काम गर्न सके बडिकेदार डोटी जिल्लाको मात्रै होइन समग्र सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय, धार्मिक स्थलका रुपमा स्थापित हुन सक्ने वडाअध्यक्ष बिनाडीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्