टसीलाई चरिकोटमा स्वागत



दोलखा, (नेस)। जनता टेलिभिजनबाट प्रसारण हुँदै आएको योङ स्टार डान्स प्रतिस्प्रर्धामा उत्कृष्ट १० मा पर्न सफल टसी शेर्पालाई गृह नगर चरिकोटमा भव्य स्वागत गरिएको छ।

सदरमुकाम चरिकोटमा रहेको द राइजिङ स्टार स्कुलमा कक्षा सातमा अध्यनरत टसीको स्वागतमा उनी अध्यनरत विद्यालयले सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरेको थियो। कार्यक्रममा विभिन्न कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगीता शुरू हुनुअघि उत्कृष्ट १० मा पुगेका टसीलाई फँल मालासहित बजार परिक्रमा गराइएको थियो। बजार परिक्रमाको अवसरमा उनी अध्यनरत विद्यालयका विभिन्न कक्षामा अध्यनरत विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्