विन्ध्यवासिनी अवार्ड शुक्रबार, शक्ति वल्लभलाई लाइफटाइम



नेपाली सांगीतिक क्षेत्रको महत्वपँर्ण अवार्ड मानिँदै आएको रमपम विन्ध्यवाीसनी म्युजिक अवार्डको नवांै संस्करण आगामी शुक्रबर हुने भएको छ।

मुक्तिनाथ विकास बैंकको प्रस्तुति तथा विन्ध्यवाीसनी फाउन्डेसनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने समारोहमा नेपाली गीतसंगीतका कुल ३१ विधामा अवार्ड प्रदान गरिनेछ। अवार्ड कार्यक्रमका संयोजक सुवास रेग्मीका अनुसार प्रतिस्पर्धामा रहेका गीत, संगीत र एल्बम निर्णायकको ५० प्रतिशत, भोटिङको ४५ प्रतिशत र आयोजकबाट आएको ५ प्रतिशत अकंको आधारमा सर्वोत्कृष्ट छानिनेछ र सोहीअनुसार विजेता चयन गरी अवार्ड प्रदान गरिनेछ।

जय गीत जय संगीतको नारासहित भव्य समारोहबीच शुरू हुने विन्ध्यवासिनी म्युजिक अवार्ड समारोहमा यस वर्ष नगद १ लाख रुपियाँसहित संगीतकार शक्ति बल्लभलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ। त्यस्तै संगीत रत्न सम्मानबाट १५ हजार ५ सय १५ रुपियाँसहित गायक सुगम पोखरेल सम्मानित हुनेछन्। त्यसै गरी २५ हजार ५ सय २५ रुपियाँसहित कला पत्रकारिता सम्मानबाट रमण घिमिरे र १० हजार १ रुपियाँसहित निर्देशक मीन भामलाई चलचित्र सम्मानबाट सम्मानित गरिने भएको छ।

‘पैसा कमाउने उद्देश्यले नभई नेपाली गीतसंगीत र स्रष्टा सम्मानका लागि विन्ध्वासिनी फाउन्डेसनले यो अवार्डको आयोजना गर्दै आएको छु’, संयोजक रेग्मीले भने– ‘अवार्डलाई पहिलेभैंm सभ्य र भव्य ढगले सम्पन्न गर्नेछौं।’


फाउन्डेशनकी अध्यक्ष लीना रेग्मीका अनुसार समारोहमा म्युजिक भिडियो निर्देशक शंकर बिसी, शिव विक, प्रकाश भट्ट, काजिश श्रेष्ठको साथमा अञ्जली अधिकारीलगायतको नृत्य रहनेछ भने आनन्द कार्की, जुना प्रसार्इं, सुरेश लामा, सुमित खड्का, बिन्दु परियारलगायतले गीतसंगीत प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्