सुश्री सम्पत्तिका ३ पात्र सार्वजनिक



आगामी मंसिर २८ गते अल नेपाल रिलिज हुने फिल्म सुश्री सम्पत्तिको पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका ३ पात्र सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड छन्।

पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन, सारा र विनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारले पनि अभिनय गरेका छन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्तिको कथा निर्देशक सुव्रत आफैले लेखेका छन्। विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले निर्माण गरेको फिल्ममा अभिमन्यु निरवी र निर्देशक आचार्यको संवाद तथा अभिमन्युको पटकथा रहेको छ।

प्रतिक्रिया दिनुहोस्