पूर्व सचिव श्रेष्ठको निधन



काठमाडौं । पूर्व उद्योग तथा वाणिज्य, शिक्षा र पर्यटन सचिव ईश्वरलाल श्रेष्ठको निधन भएको छ । उहाँको गएराति १ बजे ८९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । शिक्षाविद्कोरुपमा समेत परिचित श्रेष्ठ वाणिज्य शाश्त्रका प्रणेता मानिनु हुन्छ । शंकरदेव क्याम्पसको स्थापनामा उहाँको ठूलो योगदान रहेको छ ।

श्रेष्ठ पर्यटन सचिव रहेका बेलामा उहाँकै जोडबलले उहाँ आपैm अमेरिका गई तीन दशकअघि ल्याउनु भएको बोइङ विमानले अहिलेसम्म नेपाल वायु सेवाको साख जोगाइरहेको छ ।

पूर्व सचिव श्रेष्ठका श्रीमतीसहित १ छोरा र १ छोरी हुनुहुन्छ । छोरा डा. प्रकाश श्रेष्ठ लामो समयदेखि आयरल्याण्डमा चिकित्सा सेवामा संलग्न हुनुहुन्छ भने छोरी सुनिता श्रेष्ठ शिक्षण सेवामा हुनुहुन्छ । उहाँको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने उहाँका जुवाईं शेषकृष्ण श्रेष्ठले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्