संकटाको लगातार दोस्रो जित



काठमाडौं, (नेस)
जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत संकटा क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार एन्फा मैदानमा भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पन्छाएर संकटाले जित हासिल ग¥यो । टोलीको जितमा विदेसी खेलाडी सेडरिक अबाले दुबै गरेका थिए । उनले ५७औ र ८५औं मिनेटमा गोल गर्दै संकटालाई स्पष्ट ३ अंक दिलाए । योसँगै संकटा जारी लिगमा लगातार जित हात पार्ने तेस्रो टोली बनेको छ । २ चरणको खेलपछि थ्रीस्टार, मनाङ र संकटाले मात्रै शतप्रतिशत नतिजा निकालेका छन् ।

यस्तै नेपाल एपीएफ क्लबले पहिलो जित हासिल ग¥यो । विभागिय टोलीले ललितपुरको फ्रेन्डस् क्लबलाई १–० गोलअन्तरले हराएको हो । प्रवीण स्याङतानले अन्तिममा इन्जुरी समयको पाँचौ मिनेटमा गोल गर्दै स्पष्ट ३ अंक दिलाएका थिए । यसअघि उनले पहिलो हाफमा गरेको प्रहार भने फ्रेन्डसका गोकिपर मोहमद नुरुल करीमले विफल तुल्याएका थिए । त्यस्तै उनले ५७औं मिनेटमा पाएको वान भर्सेस वानको सुन्दर अवसर समेतमा समेत गुमाएका थिए । यो जितपछि एपीएफको ४ अंक भएको छ । तर फ्रेन्डसको अंक बनेको छैन ।

यसैगरी शसस्त्रको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले सरस्वती युवा क्लबलाई १–० गोलअन्तरले हराएर पहिलो जित दर्ता ग¥यो । विश्वास श्रेष्ठले २९औं मिनेटमा गरेको गोल निर्णायक हुँदा शेर्पाको जित पक्का भयो । योसँगै शेर्पाले २ खेलबाट ४ अंक जोडेको छ भने सरस्वतीले अझै अंक जोड्न पाएको छैन । यसअघि सरस्वतीले पहिलो खेलमा संकटासँग अन्तिम समयमा गोल बेहोरेर पराजित हुनुपरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्