राष्ट्रिय वाणिज्य बैकद्वारा १२ लाख सहयोग



काठमाडौं, (नेस)
राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर, सँर्यविनायक नगरपालिका वडा नं.८ स्थित सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई अनाथ बालबालिकाको निवास प्रबन्ध मिलाउनको लागि १२ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले मुस्कान सेवा नेपालका अध्यक्ष भवानी कुमारी गुरुङलाई चेक हस्तान्तरण गर्नुभएको छ । मुस्कान सेवा नेपालले अनाथ बालबालिकाहरुको संरक्षण र तिनको शिक्षा प्रबन्धको लागि कार्य गर्दै आइरहेको छ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी, सुशील श्रेष्ठ, नायब महाप्रबन्धक केशवप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थीलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्