एभरेस्ट बैंकको ट्यालेन्ट हन्ट सम्पन्न



काठमाडौं, (नेस)
एभरेस्ट बैंकले आफ्नो २५ वर्ष मनाइरहेको छ । यसैक्रममा बैंकले कर्मचारीको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ । कार्यक्रममा कर्मचारीबीच प्रतिस्पर्धा तीन विभिन्न श्रेणीमा आयोजित गरेको थियो ।

गायन, नृत्य र स्ट्यान्डअप कमेडीमा आफ्नो कला प्रस्तुत गरेका थिए । कलाकार मिथिला शर्मा र गायिक कुन्ति मोक्तानले निर्णायक रहेका कार्यक्रममा बैंकका सीईओ सोमेश्वर सेठले विजेता र कार्यक्रमका सहभागीलाई ट्राफी प्रदान गर्नुभएको थियो ।एभरेष्ट बैंकका ९ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्