ट्रम्प सैनिक भेट्न जाने



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु युद्ध क्षेत्रमा तैनाथ सैनिकहरुसाग भेट्ने योजनामा रहेको जानकारी दिएका छन् ।

यसै महिनको सुरुवाटमा पेरिस बाहिर अमेरिकी सैनिक समाधिस्थल नगएको र भेटरान्स डेका अवसरमा अर्लिंगटन राष्ट्रिय समाधिस्थलमा अनुपस्थित भएकोमा आलोचना भइरहेको बेला ट्रम्पको उक्त बयान आएको हो ।

युद्ध क्षेत्रमा अमेरिकी सैनिकसँग भेट्न नजानु र समाधिस्थल तर्फ नजानुका कारणका विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले फक्स न्युजसँगको साक्षात्कारमा त्यसका लागि कार्यक्रम बनाइरहेको बताएका थिए । सुरक्षाका कारण यस विषयमा आफु कुरा गर्न नचाहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्