कुख्यात मेक्सिकन ड्रग्स माफियाको मृत्यु



मेक्स्किो सिटी,(एजेन्सी)
मेक्स्किोको कुख्याल लागु औषध तश्कर हेक्टर बेल्ट्रान लेभ्याको सोमवार ह«दयाघातको कारण मेक्सिकोको एक अस्पतालमा मृत्यु भएके सरकारी अधिकारीहरुले बताएका छन् । उपचारका लागि उनलाई कारवासबाटै अस्पतालमा सरुवा गरिएको थियो ।

५६ वर्षिय बेल्ट्रान लेभ्या लगायत उनका अन्य तीन दाजुभाइले नेतृतव गरेको लागु औषध कारोवासी समुहको सिनालोवा राज्य स्थित जोआक्विन ‘ एल चापो ’ गुज्मानको नेतृतवमा रहेको अर्को निकै खतरनाक ड्रग्स माफियासंग दुश्मनी रहेको छ । उक्त समुहको नेतृत्व गर्ने दाजुभाइ मध्ये न्तिम हेक्टोर बेल्ट्रान लेभ्यालाई सन् २०१४ को अक्टोवरमा प्रहरीले पक्ताउ गरेको थियो ।

उनले कलाकृतिका सामानको थोक बिक्रेताको भेषमा जीवन यापन गर्दै आएका थिए । कारागार अधिकारीहरुले आफुहरुले उनलाई छातीमा पिडा भएको देख्ने वित्तिकै तोलुका शहर नजिकको अत्यन्तै कडा सुुरक्षा व्यवस्था गरिएको कारगारबाट अस्पतालमा शुरु गरिएको बताएका छन् ।

उनले गाजा , हेरोइन, कोकिन र मिथाम्फेटामाइन ओसार प्रसार गरेको अभियोग भोगिरेका छन् । उनका दाज्यु आर्टोरोको सन् २००९ मा मेक्स्किन प्रहरीसंगको मुठभेटमा ज्यान गएपछि उनले समुहको नेतृत्व सम्हालेका थिए । त्यसैगरी उनका अन्य दुई दाजुभाई अल्फ्रेडो र कार्लोस अहिले कारगारमा थुनिएका छन् ।

बेल्ट्रान लेभ्या दाजुभाइ समुहले खडा गरेको शक्रिशाली आपराधिक समुहको संजाल संयुक्त राज्य अमेरिका सम्म फैलिएको छ । तिनीहरुले जवर्जस्ती रकम असुली तथा अवैध मानव ओसार प्रसार कार्य समेत गर्दै आएको प्रहरीले जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्