ऐतिहासिक कलाकृति नक्कली भएकाे खुलासा



बुखारेष्ट,(एजेन्सी)
विश्व प्रसिद्ध कलाकार पिकासोको चोरी भएपछि पुन हालसालै रोमानियामा फेला परेको भनिएको कलाकृति नक्कली भएके सोमवार खुलासा भएके छ । कला विशेषज्ञहरुले यो वस्तु यसअघि गत छ वर्षअघि रोटरड्याम स्थित कुन्सथल संग्रहालयबाट चोरी भएके हार्लेक्विन हेडको पेन्टिंग हुनुपर्ने अनुमान गरेका थिए ।

उक्त संग्रहालय चोरीकोबारे उपन्यास लेख्दै गरेकी एकजना डच लेखिकालाई बेल्जियमको एउटा थियटर कम्पनीले रोमानियामा हराइरहेको कलाकृति फेलापरेको झुठो खवर सुनाएको बुझिएको छ ।

सो नक्कली पेन्टिंगको मुल्य बढाउनका लागि नियतवश यस्तो अफवाह फैलाइएको प्रहरी अनुसनधानबाट खुल्न आएको छ । सन् २०१२ मा पिकासो , मोनेट , माटिस्से र अन्य कलाकारका शताब्दि पुरानो कलाकृति सो संग्रहालयबाट मात्र तीन मिनेट भित्र चोरी भएके त्यतिवेला स्थानिय संचार माध्यमले जनाएको थियो ।

सो काण्डमा चारजना रोमानियाली पेशेवर चोर जेल परेका थिए । तर त्यतिवेला नै अन्तर्राष्टिय मुल्य करिव १६ करोड पाउन्ड अनुमान गरिएको ति हराएका सात कलाकृति भने फेला पार्न सकिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्