यौन विषयका उपन्यासकारलाई दस वर्ष कैद



बेइजिंग,(एजेन्सी)
समलिंगी यौन दृश्यहरु समेटिएका उपन्यास लेखेर बिक्रि वितरण गरेको अभियोगमा चीनमा अदालतले एकजना लेखिकालाई दस वर्ष लामो कारावास संजाय तोकेको छ ।

लिउ नामक ति लेखकलाई गत महिना अश्लिल सामग्री उत्पादन र बिक्रि गरेको आरोपमा सो संजाय सुनाएको चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ । उनको ‘ अक्युपेसन ’ नामक उपन्यासमा पुरुष समलिंगी व्यवहार लगायत यौनहिंसा र उत्पीडन लगायत अन्य यौन व्यभिचारी कार्यहरु समेटिएको छ ।

तर लिउलाई लामो कारावास सुनाइएको कारण राष्ट्रव्यापि रुपमा चिनिया सामाजिक संजाल मार्फत विरोध भइरहेको छ । बेइजिंग न्युजका अनुसार अनलाइनमा सियान यि नामले बढि चिनिने लिउले उक्त संजाय विरुद्ध अदालतमा अपिल गर्ने भएकीछिन् ।

चीनमा यौन साहित्य वर्जित छ । स्थानिय न्युज साइट वुहु न्युजका अनुसार गत ३१ अक्टोवरमा नाफाका लागि अश्लि सामग्री बेचेको अभियोगमा वुहुको जनअदालतले सो संजाय सुनाएको हो ।

तर यस साता मात्र चिनिया संचार माध्यमले विस्तृत विवरण सार्वजनिक गरेका हुन् । सो उपनयासले अनलाइन माफत ख्याति पाउन थालेपछि सबैभन्दा पहिला प्रहरीलाई सुचना दिइएको थियो । सरकारी न्युज आउटलेट ग्लोबल टाइम्स्का अनुसार लिउले अक्युपेसन लगायत अन्य अश्लिल सामग्री बेचेर २१ हजार ६ सय ४ अमेरिकी डलर नाफा गरेकी छिन् ।

सामाजिक संजाल वेइवोमा युजरहरुले यसरी प्रतिक्रिया दिएका छन् , ‘ एउटा जावो उपन्यास लेखे वापत पनि दु वर्ष लामो कैद ? । सन् २०१३ मा एकजना पुर्व सरकारी कर्मचारीलाई चार वर्षिया बालिकाको वलात्कार गरेवापत आठ वर्ष लामो कारवास संजाय भएके थियो । जबकी एक लेखकलाई त्यो भन्दा बढि संजाय ? ’

प्रतिक्रिया दिनुहोस्