छारेरोग केहो र कसरी उपचार गर्ने ? ‘न्युटन आइस्ट्यान पनि छारेरोगका बिरामी थिए’



भगवती तिमल्सिना
नेपालमा छारेरोगको पहिचान हुनु पहिलानै अनेक नामले पुकार्ने र देबी देवताको दोस अर्थात् भ्रमपूर्ण तथा अन्ध विश्वासका पछि दर्गुनेहरुले देवता रिसाएको, कसैले विगारेको जस्ता अनर्गल प्रचार गरेर बिरामीलाई थप पिडा दिने गरेको पाईन्छ । वास्तवमा छारेरोग स्नायुप्रणालीमा देखा पर्ने समस्या हो ।

यो रोग जुनसुकै उपेर समूह र लिंगका व्यक्तिलाई लाग्न सक्छ । यो बच्चा गर्भमा आउँदा आमाले खाने पोषण तत्व देखि बच्चा जन्माउँदा असुरक्षित ठाउँको प्रयोग, बच्चा जन्मदा टाउकोमा कुनै चोट लागेर, घटना, दुर्घटना भएर या अन्य गम्भिर खालको चोटपटकले पनि छारेरोग निम्तीन सक्छ ।

यस्तो अवस्थामा घरपरिवार र समाजले बोल्ने या गर्ने व्यवहार मानवीय र सहयोगी नहुँदा बिरामी डिप्रेशनमा समेत पुग्न सक्ने नेपाल कोरिया मैत्री अस्पतालका मेडिकल डाईरेकटर १७ बर्ष देखि जनरल फिजिसिएन तथा ८ बर्ष देखि बरिष्ठ छारेरोग विशेषज्ञका रुपमा कार्यरत डा.दीपेन्द्र कुमार रौशनसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप:

 छारे रोग के हो ?
दिमागको सामान्य गति अनियमित हुनुनै छारे रोग हो । यसलाई छारे रोग, छोप्वा वेथा जस्ता नामले नेपाली समाजमा पुकारिन्छ । यो रोग दिमागको सामान्य गतिमा असहजता आउँदा देखा पर्छ । यो नसामा रक्त प्रवाह आवश्यकता भन्दा बढी या कम सप्लाई हुँदा दिमागको नसामा असर गर्छ र देखा पर्छ ।

 छारेरोग के कारणले हुन्छ र कति प्रकारको हुन्छ ?
यो दिमागी भागमा पर्ने कुनैपनि असरका कारण हुन सक्छ । जस्तै ब्रेन ट्यूमर भयो भने पनि हुन्छ । यो तीन प्रकारको हुन्छ । बच्चा जन्माउँदा सुरक्षित स्थान अर्थात् स्वास्थ्य संस्थामा भएन भने पनि यस्तो समस्या आउँछ । स्वास्थ्य संस्थामा बच्चा जन्माउँदा बच्चामा के कस्ता संकेतहरु देखा परेका छन् र कसरी समाधान गर्ने भन्ने बारेमा तत्तकाल उपचार विधिको थालनी गरिन्छ ।

आमालाई अत्यधिक प्रशव बेथा लागेको अवस्थामा स्वास्थ्य संस्थामा अवस्था हेरी तत्तकाल अप्रेशन गरेर निकालिन्छ । यसो गर्दा आमा बच्चा दुबै सुरक्षित हुनुका साथै दिमागी मागमा कुनै असर पर्दैन । सुरक्षित बच्चा जन्माउनाले पनि छारेरोगलाई न्यूनीकरण गर्न सकिन्छ ।

बाटोघाटोमा जन्मनेलाई पनि दिर्घकालमा छारेरोग हुन सक्ने सम्भावना बढी हुन्छ । अक्सिजनको मात्रा कम भयो र दिमागी भागको केही अंशमा अक्सीजनको मात्रा पुगने भने ब्रेनको कुनै भाग डेथ भयो भने दीर्घकालमा गएर त्यो व्यक्ती छारेरोगी बन्न सक्छ । त्यसतै डेलिभरी गराउँदा बच्चाको टाउँकोमा कुनै चोटपटक लाग्यो भने त्यहि कारणले पनि दीर्घकालमा छारेरोग हुन सक्छ । आमाहरुले गभवती भएको अवस्थामा पोशिलो खानेकुरा नखाएका कारण पनि बच्चालाई छारेरोग हुन सक्छ ।

गर्भवती आमाले एउटा हैन दुई जीवनको लागि पोषिलो खानेकुरा पुग्ने गरि खानुपर्छ । गाउँघरमा बच्चा जन्माउनु ठूलो कुरा होइन आउँछ जन्मिन्छ भनेर सहजै लिने गरेको पाइन्छ । कुन खालको पोषण चाहिन्छ ध्यान दिनुपर्छ । गर्भवती हुने बेलामा पहिलानै ध्यान दिनुपर्छ ।

 बच्चा बेलामा नै छारेरोग छ छैन कसरी पहिचान गर्ने ?
बच्चा जन्मने वित्तिकै स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गरिन्छ । त्यसपछि बच्चा जन्मिएको ३ महिनामा बच्चाले टाउँको उठाउनुपर्छ भने जस्तै बच्चाको बिकाससँग उस्को चल्ने, हेर्ने, बामेसर्ने, दाँत उम्रने, बोल्ने बिकास भएको छ भने बच्चा स्वस्थ छ भन्ने पहिचान गर्न सकिन्छ । बच्चाको गतिविधिले नै रोगी या निरोगीको पहिचान गर्न सकिन्छ । आमा र बुबामा सम्स्या छ भने बच्चामा पनि हुन सक्ने भएकाले सानै बेलामा ध्यान दिनुपर्छ । यदि त्यस्तो समस्या छ भने स्वास्थ्य परिक्षण ब्रेनको अवस्था हेर्नुूपर्छ । त्यस्तो नगरेमा भविष्यमा छारेरोग हुन सक्छ ।

 कुन विधिबाट पहिचान गर्ने ?
सबै भन्दा पहिला शंका लागेमा सिटी स्क्यान गरेर हेर्नुपर्छ । अर्थात नयाँ प्रविधि पेटस्क्यान आएको छ त्यो गरेर पनि हेर्न सकिन्छ । पेटस्क्यान गर्दा दिमागको कुन भागमा के असर परेको छ भनि पहिचान गर्न सकिन्छ । पेटस्क्यान विधि महगो भएका कारण सर्वसाधारणका लागि गारो छ । त्यसैकारणले विगतमा विदेशमा मात्र निर्भर थियो ।

अहिले नेपालमा पनि पेटस्क्यान सेवा सुचारु भैसकेको छ । सिरोपाल्सी अर्थात छारेरोग भैरहेको छ या छैन भन्ने पहिचान गर्नका लागि स्वास्थ्य परिक्षण गराउनै पर्छ । कुनै पनि कारणले दिमागमा समस्या छ भने भविष्यमा छारेरोग अर्थात पक्षघातमा परिणत हुन सक्छ ।

 छारे रोगलाई समाजमा कसरी हेरेको पाउँनुभएको छ ? वास्वमा छारे रोगीलाई कस्तो व्यवहार गर्नुपर्छ ?
यस्तो अवस्थामा यो मान्छे खत्तमै भयो समाजका लागि के गर्छ भन्ने सोच राख्ने गरिन्छ । नेपालमा मात्र शुरुका दिनमा विश्वमा नै यस्तै सोच थियो । विकसित मुलुकको दाजोमा बिकासोन्मुख देशहरुमा अहिले पनि पुरानो सोच कायमै छ ।

 बच्चामा स्वस्थ भएको व्यक्तिमा पनि छारेरोग हुन सक्छ कि सक्दैन ?
कुनै घटना दुर्घटनाले पनि यो समस्या ल्याउन सक्छ । अत्यधिक मादक पदार्थ तथा धुम्रपानको सेवनले पनि मानसिक रुपमा समस्या ल्याउन सक्छ ।

 रोकथामका लागि के के विधि शुरु देखिनै अपनाउनुपर्छ त ?
रोकथामका लागि बच्चा जन्माउँनु पहिला योजनामा जानुपर्छ र चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । गर्भवती हुनुपहिला नै फोलिक एसिड चिकित्सकको सल्लाह अनुसार खाने । यसो गर्नाले बच्चा गर्भमा आए देखि नै दिमागको कुनै समस्या आउँदैन । यसका साथै बच्चा जन्माउँदा चिकित्सकको सल्लाह अनुसार सुरक्षित ठाउँमा जन्माउनुपर्छ ।

 छारे रोगको उपचार विधि के हो ?
पहिला समस्या पहिचान गर्नुपर्छ छोप्ने वित्तिकै अनुमानमा छारेरोग हो कि भन्नुहुन्न । एउटा रामेछापको बच्चा थियो फुटबल खेल्ने बेलामा अचेत हुन्छ यसलाई छारेरोग भयो भन्दै बच्चाको बुबाले उपचार गरिदिनुस भन्दै आउँनुभयो ।

फुटबल खेल्दा बच्चाको इनर्जी बढी खर्च भएर ग्लुकोजको मात्रा कमी भएर वेहोस भएको हुनुपर्छ उस्लाई खेल्ने समयमा प्रसस्त मात्रामा ग्लुकोज खान दिनुस विहोस हुँदैन भनेर पठाएको थिए । अभिभावकले त्यसै गरे बच्चा अहिले ठीक छ । त्यसैले अन्दाजका भरमा औषधि खुवाउने र छारेरोग भन्ने गर्नुहुन्न ।

 एक दुईपटक विहोस हुने व्यक्तिले आफुलाई छारेरोग भयो भन्ने गर्छन् ।यसका कारण हुने समस्या के कस्ता देखिएका छन् ?
मेनेन्जाइटिस अर्थात अन्य कारणले पनि मान्छे कहिलेकही वेहोस हुन सक्छ । बिरामीलाई छारेरोग भन्ने नलागेपनि परिवार र समाजले जबरजस्त छारेरोग भनिदिँदा बिरामी डिप्रेसनमा जाने सम्भावना अत्यधिक छ । यस्तो भयो भने अर्को समस्या आउँछ ।

 छारेरोग लागेको कसरी पहिचान गर्ने ? सर्वसाधारण मानिसलाई कसरी बुझाउने ?
छारेरोग भनेको एउटा आमसिक र एउटा दीर्घकालिन जेनेरलाइज हुन्छ । यदि छोपेको छ भने मान्छेको भिड हटाएर उच्च स्थानमा छ भने समथरमा कोल्टे पारेर सुताईदिनुपर्छ । यसो गर्नाले बिरामी नलडोस र थप चोट नलागोस भन्ने नै हो । कोल्टे सुताउँदा उस्को मुखबाट र्याल बाहिरिन्छ र सहज हुन्छ । छोप्ने वेथा ३० सेकेण्ड देखि ५ मिनेट सम्म मात्र हुन्छ यो भन्दा बढी हुन्न ।

यदि यो भन्दा बढी भयो भने अरुनै समस्या हुन्छ । यस्तो अवस्थामा बिरामीलाई जुन अवस्थामा छ त्यहि अवस्थामा ५ मिनेट सम्म रहन दिने । यो अवधिमा बिरामी होसमा आएन भने तत्काल चिकित्सकको सल्लाहका लागि स्वास्थ्य संस्था लैजाने । यो अवस्थामा छारेरोग होइन । यस्तो अवस्थामा जुत्ता सुघाउने, धामी झार्की लगाउने नभै रोग पहिचान गरि उपचारमा प्रोत्साहित गर्नुपर्छ । धामी झार्कीले पनि बिरामीलाई स्वास्थ्य परिक्षण गराउन सल्लाह दिनु उपयुक्त हुन्छ ।

 अकस्मात वेहोसी अवस्थामा बरबराउने कसैको नाम लिने बिरामी छारेरोग हो कि हैन ?
यस्ता बिरामी छारेरोगको नभै टाउँकोको नसाको समस्या हो । यो एक खालको मानसिक समस्या हो । कोही व्यक्तिलाई कुनै मान्छे मन परेको छैन भने मनभित्र त्यहि सोचेको सोचेकै गर्दा आउँने समस्या अचेत हुने र त्यहि व्यक्तिको नाम लिने हुन्छ ।

कसैले अचेत अवस्थामा मान्छे आयो, बोलायो, मार्न लाग्यो भनीरहन्छ भने यो मानसिक समस्या हो छारेरोग हैन । यस्तो अवस्थामा अन्धविश्वासका भरमा कसैलाई दोस लगाउनु हुन्न । पहिला आफ्नो बिरामीको स्वास्थ्य उपचार गर्नुनै बुद्धिमानी हुन्छ ।

 मानसिक समस्या र छारेरोग फरक हो ?
हो मानसिक समस्या र छारेरोग फरक हो । मानसिक समस्याले मानिस हाम फाल्ने, आत्म हत्या गर्ने सम्म पुग्छन् ।

 छारेरोगीलाई कस्तो व्यवहार गर्नुपर्छ ?
यस्ता बिरामीलाई उपचार गर्ने, तनाव नदिने, आराम बढी गर्न लगाउनुपर्छ । बिरामीलाई यसो गर्न हुन्न नगर भन्नुहुन्न । केही गर्न मन लागेमा बरु परिवारले साथ दिने र आफु सँगै लागेर काम गर्न दिएमा उस्लाई थप हौसला बढ्छ ।

विश्वका बैज्ञानिकहरु पनि छारेरोगी थिए । उनीहरुले धेरै कुरा पत्ता लगाए । न्युटन आइस्ट्यान पनि छारेरोगका बिरामी थिए । त्यसैले छारेरोग लाग्यो मेरो लाइफ सकियो भनेर सोच्नु हुदैन । सर्वप्रथमत परिवारको सहयोग र सपोर्टलेका साथै समयमै उपचार अपनायो भने रोग निको हुन्छ र हरेक काम कुसलतापुर्वक गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्