काम छिटो गर्दिन्छु भन्दै हैरानी दिने ७ जना विचौलिया पक्राउ



काठमाडौं ।
काठमाण्डौ ताहचल स्थित श्रम तथा बैदेशिक रोजगार विभागबाट ७ जना विचौलियाहरूलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

श्रम स्विकृतिका लागि आउने सेवाग्राहीलाई हैरानी दिने तथा काम छिटो छरीतो गरीदिन्छु भनि बिचौलिया काम गर्ने कोटेश्वर बस्ने खोटाङ हलेसीका यम गिरी, कालिमाटी बस्ने काभ्रेका भरत तामाङ,कोटेश्वर बस्ने सिन्धुलीका पुष्प राई, धादिङका सिता मगर, गोरखाका श्रृजना मगर, किर्तिपुरका रबिराज सापकोटा, सामाखुसी बस्ने मोरङका किशोर प्रसाद श्रेष्ठलाई प्रहरीले नियन्तत्रणमा लिएको हो । सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्