हरिबोधिनी एकादशी: रेसुङ्गामा भक्तजनको घुइँचो



अनिल खत्री, गुल्मी ।

हरिबोधिनी एकादशी पर्वको अबसरमा गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल रेसुङ्गामा पूजा गर्न भक्तजनको घुइँचो लागेको छ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा मन्दीर ब्यवस्थापन समितिले एक दशिको अबसरमा मेला आयोजना गर्नुका साथै पूजा आजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको हो । रेसुङ्गा क्षेत्रका बिभिन्न मन्दिरहरुमा भजनकृतनसँगै नुहाउने तथा पूजागर्ने र मन्दिरहरु अवलोकन गर्नेहरु बिहादेखि पुग्ने गरेका छन् ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजनहरु बिहानै देखि रेसुङ्गा पोखरीमा नुहाउन पुग्ने गर्दछन् । धार्मिक स्थल रेसुङ्गमा पूजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट श्रदालु भक्तजनहरु धार्मिक स्थलमा पुग्ने गर्दछन् ।

रेसुङ्गा स्थित पोखरीमा नुहाउँन तथा पुजा आज गर्न भिडभाड लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ ।

केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुन् । रेसुङ्गामा एकादसीसँगै साउन भर एक महिने मेला साउने औँंंँषी, एकादसीका दिन बिशेष मेला लाग्नुका साथै अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

रेसुङ्गाको धार्मिक,ऐतिहासिक पर्यटकिय महत्व वढाउनको लागी प्रचार प्रसारमा सबैको ध्यान जान जरुरी रहेको रेसुङ्गा संरक्षण समिति गुल्मीका उपाध्यक्ष नवराज भुसाललले बताए । उनले रेसुङ्गा क्षेत्रको बिकासको निम्ति संरक्षण समितिले रेसुङ्गा नगरपालिका भित्रका १४ वटै वडामा प्रत्येक घरबाट दिनको १ रुपैयाँ दान गर्ने व्यवस्था अभियान सुरु गरेको बताए । अभियान रुवरुप हाल ४ सय घर परिवार सदस्य बनेको उपाध्यक्ष भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्