न्याय क्षेत्रका कर्मचारीले गरे कर्मचारी दरबन्दी पुनर्संचनाको माग



नेपाल समाचारपत्रर, काठमाडौं ।
काठमाडौं उपत्यकाभित्र अदालतमा कार्यरत कर्मचारीहरुले आजै तत्काल न्याय क्षेत्रमा कर्मचारी दरबन्दी पुनरसंरचना हुनुपर्ने माग राख्दै प्रधानन्यायधीस ओमप्रकास मिश्रलाई ध्यानाकर्षण गराएका छन् । विगत र्चौध वर्षदेखी न्याय क्षेत्रमा कर्मचारी पुनसंरचना हुन सकेको छैन ।

न्याय क्षेत्रमा आवश्यक पर्ने १३३९ जना कर्मचारीको फाइल मन्त्रीपरिषदमा अड्कीपछि दरबन्दी अपुग भएको हो ।

निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन विभागीय कार्यसमिती सर्वोच्च अदालतका अध्यक्ष प्रकाश पराजुलीले नेपाल समाचारपत्रलाई सूचनाको जानकारी दिँदै माग सम्बोधन नभए कर्मचारीहरु थप आक्रान्त हुने बताउनुभयो ।

मन्त्रीपरिषद्को बैठक आजै अपराह्न्न चार बजे बस्दैछ ।

कर्मचारीको अवरोधपछि जवाफमा प्रधान्यायधीस मिश्रले कर्मचारी अपुगको विषयमा प्रमलाई जानकारी गराउने बताउने भयो ।

प्रतिक्रिया दिनुहोस्