कार्यालय समयमा निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई कारबाही हुने



विमल बिष्ट, डोटी ।
सुदुरपश्चिम प्रदेश सरकारले सरकारी डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गर्न रोक लगाएको छ ।

प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका सबै सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई निजीमा काम नगर्न निर्देशन दिएको छ ।

प्रदेश सरकारले यो विषयमा नियमित अनुगमन समेत गर्ने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयबाट नियमित र आकस्मिक अनुगमन हुने छ । अनुगमनका क्रममा कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गरेको पाइएमा कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्