सुशन मिस्टर युनिभर्सल एम्बेसडरमा



भारतको नयाँदिल्लीमा आयोजना हुने पुरुषको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर युनिभसल एम्बेसडर–२०१८ मा सुशन महर्जनले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। प्रतियोगितामा सहभागी हुन महर्जन आइतबार त्यसतर्फ उडेका छन्।

१८ देखि २४ नोभेम्बरसम्म ६ दिन चल्ने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने उनी एक्लो सहभागी हुन्। इन्डिया एक्युजिट पिजेन्ट आयोजक रहेको २८ देशको सहभागिता रहने प्रतियोगितामा महर्जनले नेपाली कला संस्कृतिले भरिएको विभिन्न पोसाकसमेत प्रस्तुत गर्नेछन्।

मिस्टर युनिभर्सल एम्बेसडरलाई आईएमपी अर्गनाइजेसन, इन्डोनेसियाले प्रस्तुत गरेको हो। सुशन मिस्टर नेपाल वल्र्ड–२०१८ मा मिस्टर नेपाल युनिभर्सल एम्बेसडर विजेता हुन्। मिस्टर युनिभर्सल एम्बेसडरको उपाधि नेपाल भित्याउने लक्ष्य आफ्नो रहेको महर्जनले बताए। ‘कला संस्कृतिको माध्यमबाट नेपाललाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनेछुु।’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्