भुवन साइनो बनाउँदै



नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापा पनि फिल्म निर्माणमा उत्रिएकी छिन्। उनले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी साइनो नामक फिल्म निर्माणको घोषणा गरेकी हुन्।

भुवनले पारिवारिक प्रेमकथामा सामाजिक विषयलाई लिएर फिल्म निर्माण गर्न लागेको खुलाइन्। साइनोका नाममा यसअघि एक दशकअघि फिल्म निर्माण भएको थियो।

सो फिल्मले दर्शकको राम्रो साथ पाएको थियो। रमेश थापाले डेब्यु निर्देशन गर्ने फिल्म चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा भुवन चन्द थापाको प्रस्तुति र निर्माणमा बन्न लागेको हो।

अभिमन्यु निरबीको लेखन, चेतन कार्की र पुरुषोत्तम बस्नेतको ंगीत, वसन्त सापकोटाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको द्वन्द्व र बनिष शाहको सम्पादन रहनेछ। काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपालचोकलगायतका स्थानमा छायांकन हुने फिल्ममा नीता ढुंगाना, मिरुना मगर, भुवन चन्द थापा, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजाराजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहाडी, भीमसेन लामा, रामेश्वर बुर्लाकोटी, रेगन क्षत्री, वसुकला मैनाली, सविन जमरकट्टेलको साथमा नवकलाकार राजकुमारको मुख्य भूमिका रहने फिल्ममा शरण थापा कार्यकारी निर्माता रहेका छन्। फिल्मको छायांकन सोमबारदेखि शुरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्