आजदेखि एटिएफ यू–१४ अण्डर टेनिस



नेपाल समाचारपत्र, काठमाडौं ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आजदेखि एशियन टेनिस फेडेरेशन (एटिएफ) यू–१४ अण्डर टेनिस च्याम्पियनशिप सर्किट १ र २ को प्रतियोगिता सुरु हुने भएको छ ।

प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी दिंदैं कास्की जिल्ला टेनिस संघले प्रतियोगितका लागि पाकिस्तान, भारत, हङकङ र नेपालका सम्पूर्ण खेलाडीहरु पोखरा आइसकेको जनाएको छ । १० वर्ष भन्दा माथी र १४ वर्ष भन्दा मूनीका महिला तथा पुरुष दुबै तर्फको प्रतियोगिताका लागि १ सय भन्दा बढी खेलाडी पोखरा आएका हुन । अन्य केही एशिया र यूरोपेली मुलकका खेलाडीले नाम दर्ता गरे पनि पोखरा काठमाडौको लामो यात्राका कारण अन्तिम समयमा रद्ध गरेको संघका सचिब नबिन चालिसेले बताए ।

एशियन टेनिस फेडेरेशनले बालबालिकालाई टेनिस खेलप्रति प्रेरित गराउन एशियन रेङकिङ समेत पोइन्टका आधारमा प्रदान गर्ने हुनाले पनि यो महत्वपूर्ण प्रतियोगिता रहेको प्रतियोगिताका निर्देशक अजय विष्टले बताएका छन । “एक जना खेलाडीले पराजयका बाबजुद पनि पाँच वटा खेल खेल्न सक्ने गरि एटिएफमा प्राबधान रहेको छ” उनले भने ।

नेपाल बाट यो प्रतियोगितामा एशियामा पुरुष जुनियर यू–१४ तर्फ २४ औं रेङ्किङ तथा नेपालका नं १ बरियता प्राप्त खेलाडी आरभ हाडा, एशियामा १६० औं रेङ्किङ तथा नेपालका नं २ बरियाता खेलाडी अकी राउत र एशियाका १६६ औं रेङ्किङ तथ नेपालका नं ३ बरियाता प्रणाम मानन्धरको सहभागिता रहनेछ ।
त्यसै गरि महिला तर्फ एशियामा ६० औं रेङ्किङ सलोनी तामाङ, ६७ औं रेङ्किङ इशा श्रेष्ठ र ११२ रेङ्किङ इशा श्री शाहको पनि प्रतियोगितामा सहभागिता रहनेछ ।

केहि महिना अघि मात्रै आइटिएफ सिनियर च्याम्पियनशिप भब्यताका साथ सम्पन्न गरेको कास्की जिल्ला टेनिस संघले एटिएफ जुनिएर आयोजना गर्न लागेको हो । मंसिर १५ गते सम्म संचालन हुने एटिएफ जुनियर प्रतियोगिताका लागि खेलाडीलाई प्रशिक्षणको समय मिलाउन रातीमा समेत खेल्न मिल्ने गरि रंगशालाको टेनिस कोर्टमा पहिलो पटक फल्ड् लाइट समेत प्रयोग गरिने भएको छ ।

टेनिस संघका सचिब चालिसेका अनुसार यहि फागुनमा आइटिएफ अन्तर्गतको १८ वर्ष मुनीको प्रतियोगिता समेत पोखरामा हुने भएको छ । यो प्रतियोगितामा १ देखि १० औं नंम्बर सम्म बिजेता खेलाडी वाइल्ड काड्र्र मार्फत सोझै ग्राण्डस्लाम खेल्न पाउने प्राबधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्