पोर्चुगल सेमिफाइनलमा



लन्डन, (एजेन्सी)
पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुपर स्टार क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगलले शनिबार राति इटालीसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनल यात्रा तय गरेको हो । पोर्चुगल एक खेल बाँकी छदै नेसन्स लिग ए को समूह ३ को समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । इटाली समूह उपविजेता बन्दा पोल्यान्ड भने पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।

पोर्चुगलले खेलेका पछिल्ला खेलमा रोनाल्डो अनुपस्थित रहेका छन् । रोनाल्डो रसिया विश्वकपपछि क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलयता उनले विश्राम लिने निर्णय गरेका हुन् । रोनाल्डाको अनुपस्थितिमा पनि पोर्चुगलले पछिल्ला ५ मध्ये ३ खेलमा जित हात पारेको छ ।

युइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबारै भएको अन्य खेलमा स्वीडेनले टर्कीलाई १–० ले हराउँदा, स्कटल्याण्डले अल्बानियालाई ४–० ले तथा कोसोभोले माल्टालाई ५–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । यस्तै रोमानियाले लिथुआनियालाई ३–० पराजित गर्दा सर्बियाले मोन्टेनेग्रोलाई २–० ले तथा अजरबैजानले फारो आइल्याण्डमाथि २–० को जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्