एनआईसी एसिया र एलआईसीबीच सम्झौता



काठमाडाैं, (नेस)
एनआईसी एसिया बैंकले लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) सँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले २६५ वटै शाखाबाट लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को जीवन बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट पनि कामु प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गर्नुभयो ।

बैंकको वासलातको आकार २१० अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब तथा कर्जा १४२ अर्ब रुपियाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्