पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको १९आैं वार्षिकोत्सव 



काठमाडौं, (नेस)
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ललितपुर कुसुन्तीस्थित सडकमा भेटिएका मनोरोगी महिलाहरूको उद्वार गरी बच्चासमेतको लालन पालन गर्दै आएको संस्था ‘स्नेही काख’लाई आर्थिक सहयोग गर्ने कार्य सम्पन्न गरेको छ।

सस्थाले ५० हजार १ सय ७५ रुपियाँ र खाद्यान्न सामग्री वितरण गरेको हो । सस्थाले वार्षिक रुपमा कार्यतालिका बनाइ सामाजिक उतरदायित्वअन्तर्गत रक्तदान, मन्दिर सरसफाइ, विभिन्न स्थानमा पुगेर स्नेही काख जस्तै सस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ। आगामी दिनमा पनि येस्ता कार्य निरन्तरत रुपमा गर्दै अगाडि बढ्ने जानकारी सस्थाले दिएको छ।

प्रतिक्रिया दिनुहोस्