नेक्सन क्राजको बिक्री शुरु



काठमाडौं, (नेस)
टाटा मोर्टसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रालिले नेक्सन क्राजको बिक्री शुरु गरेको छ । ‘नेक्सनले नेपाली बजारमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयुभीको रुपमा बेग्लै पहिचान बनाउन सफल भइसकेको छ ।

यसै परिपे्रक्ष्यमा हामीले नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यकता र मागलाई सम्बोधन गर्न ल्याएका हौं ।’ टाटा मोर्टसको प्यासेन्जर भ्याइकल युनिट सम्बन्धी अन्तर्राष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले भन्नुभयो ।

मल्टिड्राइभ मोडको विशेषतायुक्त नयाँ गाडी शहरको व्यस्त सडकदेखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढंगले चलाउन सकिने कम्पनीको दाबी छ । यसैगरी २०९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले नेक्सन क्राजलाई अरुभन्दा बढी सुरक्षित र आरामदायी बनाएको कम्पनीको भनाइ छ ।

चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एसयुभी मोडेलमा पाइन्छ ।

कालो र हरियो रङको समिश्रण भएको नेक्सन क्राज १२०० पे्रटोल र १५०० सीसी इन्जिन डिजेल क्षमतामा उपलब्ध छ । मंसिर १ गतेबाट नेक्सन क्राज, क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्टमा डिजेलका लागि ४३ लाख ८५ हजार र पेट्रोलका लागि ३९ हजार ९५ हजार रुपियाँ मँल्य निर्धारण भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्