क्यानाडा: विश्वविद्यालयमा गाँजा



टोरोन्टो (एजेन्सी)
क्यानाडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालय आफनो परिसरमा गाँजा पिउन वैध बनाउने विश्वको पहिलो विश्वविद्यालय बन्ने संकेत दिएको छ । गत महिना क्यानाडले गाँजा राख्न र बेच्न पाउने कानुनी मान्यता दिएको हो ।

त्यसपछि विश्वविद्यालय समिति परिसमा धुम्रपान र धुमपान उत्पानद संवर्धन नामक एक नितिगत मस्यौदा ल्याइएको हो । उक्त मस्यौदामा परिसरमा गाँजा पिउनका लागि विशेष स्थान पनि बनाइने उल्लेख गरिएको छ । विश्वविद्यालयका परिषदले यस प्रकारको गतिविधिलाई अवैध बनाइरहँदा कुनै न कुनै रुपमा त्यसता ब्यवहार भित्र भित्रै बढने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्